एडिबीको सहयोगमा पूर्वाधार विकास कार्य सुचारु हुने

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिकाभित्र सञ्चालित पूर्वाधार विकास कार्यक्रमको दोस्रो चरणको काम सुचारु हुने भएको छ । एसियाली विकास बैंक (एडिबी)को सहयोगमा उक्त काम हुन लागेको हो । ५० करोड रुपैयाँको थप सडक पूर्वाधार निर्माणका लागि सहरी विकास मन्त्रालय सहमत भएको छ । तर, उक्त कार्यका लागि एडिबीले आफ्ना सर्त अगाडि सारेको छ । त्यसैगरी उक्त […]

सम्बन्धित सामग्री

यातायात कार्यालयमा अनलाइन भुक्तानी सुरुवात

काठमाडौँ – लाइसेन्सका लागि नयाँ आवेदन, नवीकरण, वर्ग थपका लागि शुल्क र राजश्व अनलाइनबाट तिर्न सकिने भएको छ। बुधबार भौतिक पूर्वाधार मन्त्रालय र गण्डकी प्रदेशको पूर्वाधार विकास मन्त्रालयले संयुक्त रुपमा यातातात कार्यालयहरुमा बुझाउनुपर्ने शुल्क अनलाइन माध्यमबाट तिर्न सकिने सुरु गरेको हो। अनलाइन सेवा सुचारु भएपछि यातायात ब्यवस्था कार्यालयमा बायोमेट्रिक गर्न, लिखित परीक्षा र ट्राइल दिन […]

स्पष्टीकरणपछि सडकको काम सुचारु

ठेक्का सम्झौता भएर लामो समयसम्म प्रगति हुन नसकेको तनहुँको भानु नगरपालिकास्थित भानु मार्गको काम पुनः सुरु भएको छ । पटक–पटक म्याद थप भएर पनि सडक कालोपत्रको काम ढिलासुस्ती भएको उक्त खण्डमा पूर्वाधार विकास कार्यालयले स्पष्टीकरण सोधेपछि काम पुनः सुरु भएको हो । कार्यालयले केही समयअगाडि कारबाही स्वरुप स्पष्टीकरण सोधेको थियो । लगत्तै निर्माण कम्पनीले कामलाई […]

सडक कालोपत्रेको काम सुचारु नभए मेयर-उपमेयरलाई नै थुन्ने चेतावनी

खोटाङ– खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेल हाटडाँडाका स्थानीयले दिक्तेल–आहाले सडक कालोपत्रेको काम तत्काल सुचारु नगराए नगरप्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतलाई कार्यालयमा थुन्ने चेतावनी दिएका छन् । स्थानीय हाटडाँडा टोल पूर्वाधार विकास तथा व्यवस्थापन प्रवर्द्धन समितिको अगुवाइमा गएको स्थानीयले गत १९ भदौमा नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र वडा कार्यालयलाई ज्ञापन-पत्र बुझाउँदै सडक कालोपत्रेको […]

सिमकोट–खार्पु सडक १५ दिनपछि खुल्यो

असोज १९ देखि २४ गतेसम्म परेको वर्षाको कारण पहिरोले अवरुद्ध बनाएको सिमकोट खार्पु सडक पन्द्र दिनपछि सुचारु भएको छ । हिल्सा सिमकोट सडक आयोजना र पूर्वाधार विकास कार्यालयले अवरुद्ध सडक मर्मत गरेपछि सडक सुचारु भएको हो ।

ढिलासुस्तीविरुद्ध झकझक्याउन जागे स्थानीय

खोटाङ- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल हाटडाँडाका स्थानीयले दिक्तेल–आहाले (१०.९७४ किलोमिटर) सडक कालोपत्रेको काम तत्काल सुचारु गराउन माग गरेका छन् । हाटडाँडा टोल पूर्वाधार विकास तथा व्यवस्थापन प्रवर्द्धन समितिको अगुवाइमा गएको स्थानीयले आइतबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र वडा कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै दिक्तेल–खानीडाँडा–आहाले सडक कालोपत्रेको काम तत्काल सुचारु […]

विकास निर्माणका काममा ढिलासुस्ती

म्याग्दी । निर्माण व्यवसायीले राजनीतिक दलका नेता र प्रशासनलाई समेत टेर्न छाड्दा विकास निर्माणको काममा ढिलासुस्ती मौलाएको छ । जनतालाई नेताले झुक्याएझै. ठेकेदारले नेतालाई झुक्याइदिन थालेका छन् । राजनीतिक शक्तिको आडमा विकास निर्माणका काममा लापरवाही मात्र हुँदैन, कामको गुणस्तरसमेत कमजोर हुने गरेको पाइएको छ । ठेकेदारको मनपरी चल्दा जिल्लामा सञ्चालित ठूला विकास निर्माणका योजनामा ढिलासुस्ती भइरहेको छ, जसले गर्दा ठेक्काको म्याद सकिइसक्दा पनि काम सकिएको छैन । निकट भविष्यमै म्याद सकिने योजनाहरूको प्रगति पनि निराशाजनक देखिन्छ । गत कात्तिक २९ गते जिल्ला प्रशासन कार्यालयमा जनप्रतिनिधि, राजनीतिक दल, पूर्वाधार विकास कार्यालयसँग भएको छलफलमा निर्माण व्यवसायीले म्याद सकिएका निर्माणाधीन विकास योजनाको काम चैत मसान्तभित्र सिध्याउने प्रतिबद्धता व्यक्त गरेका थिए । तर, ती योजनाको प्रगतिसम्बन्धी पूर्वाधार विकास कार्यालयको अभिलेख हेर्दा निर्माण व्यवसायीको प्रतिबद्धता कार्यान्वयन नभएको देखिन्छ । कार्यालयका प्राविधिक अधिकृत अर्जुन शर्माले चालू आवमा संघको सडकतर्फ २७ र प्रदेशको सडकतर्फ २१ प्रतिशत प्रगति भएको जानकारी दिए ।   कार्यालयका अनुसार प्रदेशको निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत बेनी–दरवाङ सडकको बेनीदेखि सिमचोकसम्मको साढे १२ किलोमीटर कालोपत्र २०७६ माघभित्र सम्पन्न गर्ने गरी लामा/समानान्तर जेभीले २०७४ साउनमा ठेक्का सम्झौता गरेको थियो । ४७ करोड ८७ लाख रुपैयाँ बजेटको उक्त योजना ठेकेदारको ढिलासुस्तीले सम्झौतामा उल्लिखित समयमा सम्पन्न भएन । अनि पटकपटक म्याद थप्ने काम भयो । थपेको म्याद सकिँदासमेत ६७ प्रतिशत मात्र काम सम्पन्न भएको अभिलेख छ । त्यसैगरी, बेनी–दरवाङ खण्डको रणबाङदेखि दरवाङसम्मको ६ किलोमीटर ८ सय मीटर सडक कालोपत्र योजनाको हालसम्मको भौतिक प्रगति ७५ प्रतिशत मात्र छ । यो गण्डकी प्रदेशसभा सदस्य नरदेवी पुनको सिफारिशमा बन्दै गरेको एक निर्वाचन क्षेत्र एक सडकअन्तर्गतको योजना हो । २०७६ जेठमा बिरुवा/क्याराभान जेभीले २०७८ जेठभित्र सम्पन्न गर्ने गरी २२ करोड ४७ लाख रुपैयाँमा यसको ठेक्का लिएको थियो । तोकिएको म्याद सकिन २ महीना बाँकी रहँदा वित्तीय प्रगति ४८ प्रतिशत मात्र छ । पूर्वाधार विकास कार्यालयअन्तर्गत नै योजना सञ्चालन भएको गलेश्वर–पिप्ले–भगवती कालोपत्रको भौतिक प्रगति ६५ प्रतिशत र वित्तीय प्रगति ६० प्रतिशत छ । बिरुवा/क्याराभान जेभीका प्रतिनिधि ठाकुर सिलवालले कोरोना महामारी र निर्माण सामग्रीको सहज आपूर्ति हुन नसक्दा काम ढिला भएको बताए । आठ किलोमीटरको गलेश्वर–पिप्ले–भगवती–बेग सडक कालोपत्रसहित स्तरोन्नतिका लागि एपेक्स/खड्का कृष्ण जेभी काठमाडौंले २०७६ जेठ २७ गते भ्याटसहित १८ करोड ४१ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताको शर्तअनुसार यो काम २ वर्षमा सकिनुपर्छ । त्यसैगरी, बेनी–बाग्लुङ सडक खण्डअन्तर्गत खबरादेखि रत्नेचौरसम्मको योजना पनि अलपत्र छ । सम्पन्न नहुँदै निर्माण कम्पनीले काम रोकेपछि सडक जीर्ण बनेको छ । यस खण्डको सडक कालोपत्र गर्न नागार्जुन/देभ एन्ड सायर/बीएन जेभीले २०७७ असोजभित्रै सक्ने गरी ठेक्का लिए पनि अहिलेसम्म ९२ प्रतिशत भौतिक प्रगति भएको छ । बेनीदेखि खबरासम्मको प्रगति ६५ प्रतिशत छ । विगतको असहज परिस्थितिका कारण निर्माण कार्यको गति सुस्त भएको स्वीकार गर्दै उक्त जेभीका रोशन थापाले अब निर्माण कार्य सुचारु भएको र छिट्टै सम्पन्न हुने बताए । भूकम्प प्रभावित सडकअन्तर्गत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सञ्चालन गरेको अन्नपूर्ण गाउँपालिकाको पाखेरे बगरदेखि चित्रेसम्मको साढे १८ किलोमीटर सडक कालोपत्र गर्ने योजनासमेत अलपत्र जस्तै छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाको म्याग्दी खण्डको कामसमेत सुस्त छ । ७६ किलोमीटरको बेनी–जोमसोम खण्डको कालोपत्रसहित स्तरोन्नतिको काम पनि सुस्त गतिमा छ । यो योजना पनि थप भएको समयमा सम्पन्न नहुने देखिन्छ । जिल्लामा सञ्चालित सडक, अस्पताल भवनलगायत पूर्वाधार योजनामा भएको चरम ढिलासुस्तीले राजनीतिक दल, जनप्रतिनिधि, सम्बद्ध कार्यालय र प्रशासकलाई समेत आलोचित बनाएको छ । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले काम नगर्ने निर्माण व्यवसायीलाई कारबाहीको प्रक्रिया थाल्नु आवश्यक रहेको बताए । योजना कार्यान्वयन गर्ने कार्यालय, संघ र प्रदेशले ताकेता गरे पनि सम्पर्कमा नआउने, आए पनि काम नगर्ने प्रवृत्ति व्यवसायीमा रहेको उनले बताए ।

गलेश्वर–भगवती सडक कालोपत्रे शुरू

म्याग्दीको रघुगङ्गा गाउँपालिकाको गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक आयोजनाका ठेकेदार छ महिनापछि काममा फर्किएका छन् । रघुगङ्गाको वडा नम्बर ३ पिप्लेदेखि वडा नम्बर २ को भगवती जोड्ने सडक कालोपत्रे गर्न पूर्वाधार विकास कार्यालयद्वारा सञ्चालित आयोजना गत जेठ महिनादेखि रोकिएको थियो । कार्यालय प्रमुख सन्तोष अर्यालले कोरोना भाइरसको जोखिम, निषेधाज्ञा र बर्खाको प्रतिकूल मौसमका कारण रोकिएको आयोजनाका काम व्यवसायीले काम सुचारु गरेका जानकारी दिए। “एक्साभेटर र ब्याकुहोलोडर परिचालन गरेर पहिरो पन्छाउन र नाली खन्न...

प्रदेश १ को अवरुद्ध सदन सुचारु

काठमाडौं, असार २३ । एक मन्त्री र एक प्रदेशसभा सदस्यबीच सदनमा भएको विवाद टुंगिएपछि प्रदेश १ को बजेट अधिवेशनको १२औं बैठक मंगलवार सुचारु भएको छ । यसअघि भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले माफी माग्नुपर्ने माग राख्दै माओवादी केन्द्रका सांसदले बैठक अवरुद्ध गर्दै आएका थिए । यसअघिका चारओटा बैठक अवरुद्ध भएका थिए । ओखलढुंगाबाट विजयी […]

स्थगित कर्णाली प्रदेशसभा अधिवेशन अझै सुचारु भएन

सुर्खेत : सोमबार कार्यसूचीमै प्रवेश नगरी स्थगित कर्णाली प्रदेशसभा आठौं अधिवेशनको बैठक अनिश्चित बनेको छ।कर्णालीका भौतिक पूर्वाधार विकास मन्त्री अम्मरबहादुर थापालाई बर्खास्त नगरेसम्म सदन चल्न नदिने अडान प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलेका सांसदहरुले लिएपछि बैठक स्थगित गरिएको थियो।एमाले संसदीय दलका नेता यामलाल कँडेल र सांसद करवीर शाहीले मन्त्री थापालाई बर्खास्त नगरेसम्म सदन चल्न नदिने अडान लिएपछि सभामुख राजबहादुर शाहीले सूचना सुनाएर मंगलबार २ बजेसम्म बैठक स्थगित गरेका थिए।स्थगित बैठक पूर

प्यूठानमा दुई पक्की पुल बने, १९ वटाको काम सुचारु

प्यूठानमा यो वर्ष दुई वटा मोटर गुड्ने पक्की पुल निर्माण भएका छन् । पूर्वाधार विकास कार्यालय रोल्पाले काम थालेका नौवटा मध्ये एक र सडक डिभिजनले निर्माण थालेका १२ वटामध्ये एकवटा पुलको निर्माणकार्य सकिएको हो ।