गलेश्वर–भगवती सडक कालोपत्रे शुरू

म्याग्दीको रघुगङ्गा गाउँपालिकाको गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक आयोजनाका ठेकेदार छ महिनापछि काममा फर्किएका छन् । रघुगङ्गाको वडा नम्बर ३ पिप्लेदेखि वडा नम्बर २ को भगवती जोड्ने सडक कालोपत्रे गर्न पूर्वाधार विकास कार्यालयद्वारा सञ्चालित आयोजना गत जेठ महिनादेखि रोकिएको थियो । कार्यालय प्रमुख सन्तोष अर्यालले कोरोना भाइरसको जोखिम, निषेधाज्ञा र बर्खाको प्रतिकूल मौसमका कारण रोकिएको आयोजनाका काम व्यवसायीले काम सुचारु गरेका जानकारी दिए। “एक्साभेटर र ब्याकुहोलोडर परिचालन गरेर पहिरो पन्छाउन र नाली खन्न...