विकास निर्माणका काममा ढिलासुस्ती

म्याग्दी । निर्माण व्यवसायीले राजनीतिक दलका नेता र प्रशासनलाई समेत टेर्न छाड्दा विकास निर्माणको काममा ढिलासुस्ती मौलाएको छ । जनतालाई नेताले झुक्याएझै. ठेकेदारले नेतालाई झुक्याइदिन थालेका छन् । राजनीतिक शक्तिको आडमा विकास निर्माणका काममा लापरवाही मात्र हुँदैन, कामको गुणस्तरसमेत कमजोर हुने गरेको पाइएको छ । ठेकेदारको मनपरी चल्दा जिल्लामा सञ्चालित ठूला विकास निर्माणका योजनामा ढिलासुस्ती भइरहेको छ, जसले गर्दा ठेक्काको म्याद सकिइसक्दा पनि काम सकिएको छैन । निकट भविष्यमै म्याद सकिने योजनाहरूको प्रगति पनि निराशाजनक देखिन्छ । गत कात्तिक २९ गते जिल्ला प्रशासन कार्यालयमा जनप्रतिनिधि, राजनीतिक दल, पूर्वाधार विकास कार्यालयसँग भएको छलफलमा निर्माण व्यवसायीले म्याद सकिएका निर्माणाधीन विकास योजनाको काम चैत मसान्तभित्र सिध्याउने प्रतिबद्धता व्यक्त गरेका थिए । तर, ती योजनाको प्रगतिसम्बन्धी पूर्वाधार विकास कार्यालयको अभिलेख हेर्दा निर्माण व्यवसायीको प्रतिबद्धता कार्यान्वयन नभएको देखिन्छ । कार्यालयका प्राविधिक अधिकृत अर्जुन शर्माले चालू आवमा संघको सडकतर्फ २७ र प्रदेशको सडकतर्फ २१ प्रतिशत प्रगति भएको जानकारी दिए ।   कार्यालयका अनुसार प्रदेशको निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत बेनी–दरवाङ सडकको बेनीदेखि सिमचोकसम्मको साढे १२ किलोमीटर कालोपत्र २०७६ माघभित्र सम्पन्न गर्ने गरी लामा/समानान्तर जेभीले २०७४ साउनमा ठेक्का सम्झौता गरेको थियो । ४७ करोड ८७ लाख रुपैयाँ बजेटको उक्त योजना ठेकेदारको ढिलासुस्तीले सम्झौतामा उल्लिखित समयमा सम्पन्न भएन । अनि पटकपटक म्याद थप्ने काम भयो । थपेको म्याद सकिँदासमेत ६७ प्रतिशत मात्र काम सम्पन्न भएको अभिलेख छ । त्यसैगरी, बेनी–दरवाङ खण्डको रणबाङदेखि दरवाङसम्मको ६ किलोमीटर ८ सय मीटर सडक कालोपत्र योजनाको हालसम्मको भौतिक प्रगति ७५ प्रतिशत मात्र छ । यो गण्डकी प्रदेशसभा सदस्य नरदेवी पुनको सिफारिशमा बन्दै गरेको एक निर्वाचन क्षेत्र एक सडकअन्तर्गतको योजना हो । २०७६ जेठमा बिरुवा/क्याराभान जेभीले २०७८ जेठभित्र सम्पन्न गर्ने गरी २२ करोड ४७ लाख रुपैयाँमा यसको ठेक्का लिएको थियो । तोकिएको म्याद सकिन २ महीना बाँकी रहँदा वित्तीय प्रगति ४८ प्रतिशत मात्र छ । पूर्वाधार विकास कार्यालयअन्तर्गत नै योजना सञ्चालन भएको गलेश्वर–पिप्ले–भगवती कालोपत्रको भौतिक प्रगति ६५ प्रतिशत र वित्तीय प्रगति ६० प्रतिशत छ । बिरुवा/क्याराभान जेभीका प्रतिनिधि ठाकुर सिलवालले कोरोना महामारी र निर्माण सामग्रीको सहज आपूर्ति हुन नसक्दा काम ढिला भएको बताए । आठ किलोमीटरको गलेश्वर–पिप्ले–भगवती–बेग सडक कालोपत्रसहित स्तरोन्नतिका लागि एपेक्स/खड्का कृष्ण जेभी काठमाडौंले २०७६ जेठ २७ गते भ्याटसहित १८ करोड ४१ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताको शर्तअनुसार यो काम २ वर्षमा सकिनुपर्छ । त्यसैगरी, बेनी–बाग्लुङ सडक खण्डअन्तर्गत खबरादेखि रत्नेचौरसम्मको योजना पनि अलपत्र छ । सम्पन्न नहुँदै निर्माण कम्पनीले काम रोकेपछि सडक जीर्ण बनेको छ । यस खण्डको सडक कालोपत्र गर्न नागार्जुन/देभ एन्ड सायर/बीएन जेभीले २०७७ असोजभित्रै सक्ने गरी ठेक्का लिए पनि अहिलेसम्म ९२ प्रतिशत भौतिक प्रगति भएको छ । बेनीदेखि खबरासम्मको प्रगति ६५ प्रतिशत छ । विगतको असहज परिस्थितिका कारण निर्माण कार्यको गति सुस्त भएको स्वीकार गर्दै उक्त जेभीका रोशन थापाले अब निर्माण कार्य सुचारु भएको र छिट्टै सम्पन्न हुने बताए । भूकम्प प्रभावित सडकअन्तर्गत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सञ्चालन गरेको अन्नपूर्ण गाउँपालिकाको पाखेरे बगरदेखि चित्रेसम्मको साढे १८ किलोमीटर सडक कालोपत्र गर्ने योजनासमेत अलपत्र जस्तै छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाको म्याग्दी खण्डको कामसमेत सुस्त छ । ७६ किलोमीटरको बेनी–जोमसोम खण्डको कालोपत्रसहित स्तरोन्नतिको काम पनि सुस्त गतिमा छ । यो योजना पनि थप भएको समयमा सम्पन्न नहुने देखिन्छ । जिल्लामा सञ्चालित सडक, अस्पताल भवनलगायत पूर्वाधार योजनामा भएको चरम ढिलासुस्तीले राजनीतिक दल, जनप्रतिनिधि, सम्बद्ध कार्यालय र प्रशासकलाई समेत आलोचित बनाएको छ । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले काम नगर्ने निर्माण व्यवसायीलाई कारबाहीको प्रक्रिया थाल्नु आवश्यक रहेको बताए । योजना कार्यान्वयन गर्ने कार्यालय, संघ र प्रदेशले ताकेता गरे पनि सम्पर्कमा नआउने, आए पनि काम नगर्ने प्रवृत्ति व्यवसायीमा रहेको उनले बताए ।

सम्बन्धित सामग्री

पर्याप्त बजेट भए पनि विकास निर्माण सन्तोषजनक भएनः सभामुख घिमिरे

झाप– प्रतिनिधि सभाका सभामुख तथा झापा क्षेत्र नं २ बाट निर्वाचित सांसद देवराज घिमिरेले विकास निर्माणका काममा पर्याप्त बजेट छुट्टिए पनि समयमा काम हुन नसकेको बताएका छन्। झापाको बिर्तामोडमा बुधबार आयोजित बिर्तामोड नगरपालिकाका जनप्रतिनिधि तथा स्थानीयबासीसंगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै आफ्नोलगायत अन्य सांसदहरूको क्षेत्रमा संघीय सरकारले विकास निर्माणका काममा पर्याप्त बजेट उपलब्ध गराए पनि सन्तोषजनक काम […]

नेताको आडमा विकास निर्माण रोक्ने ठेकेदारलाई कारवाही गर्ने चेतावनी

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले नेताको नाम लिएर विकास निर्माणमा बेथिति निम्त्याउने ठेकेदारहरुलाई तह लगाउने चेतावनी दिएका छन् ।प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा मन्त्री राईले नेताको नाम लिएर ठेकेदारीमा दादागिरी गर्दै विकास निर्माणका काममा बेथिति ल्याउने ठेकदारहरुलाई तह लगाउने चेतावनी दिए । उनले मन्त्रालयले त्यस्ता ठेकदारहरुको खोजी भइरहेकाले बिस्तारै ठिक […]

विकास निर्माणका काममा हामी एकताबद्ध होऔँ : ऊर्जामन्त्री भुसाल

काठमाडौँ,८ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विकासका निर्माणका काममा एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेकि छिन् । ललितपुरको गोदावरी नगरपालिका वडा नं १२ ठेचोमा आज ‘पाको पार्क’ उद्घाटन कार्यक्रममा उनले विकास निर्माण निरन्तरको प्रक्रिया भएकाले सबैको ऐक्यबद्धता आवश्यक हुने बताइन् । मन्त्री भुसालले भनिन्, “विकास निर्माणकार्यमा एउटै मनले समन्वकारी भूमिका निर्वाह गर्नुपर्छ […]

विकास निर्माणका काममा एकताबद्ध हुनुपर्छ : मन्त्री भुसाल

ललितपुर : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विकासका निर्माणका काममा एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेकी छन्। ललितपुरको गोदावरी नगरपालिका-१२ ठेचोमा आज ‘पाको पार्क’ उद्घाटन कार्यक्रममा उनले विकास निर्माण निरन्तरको प्रक्रिया भएकाले सबैको ऐक्यबद्धता आवश्यक हुने बताइन्।मन्त्री भुसालले भनिन्, “विकास निर्माणकार्यमा एउटै मनले समन्वकारी भूमिका निर्वाह गर्नुपर्छ । निर्वाचनका बेला विभिन्न दलका नाममा मत मागे पनि विकासका काममा हामी एक मत छौँ, हुनुपर्छ । सधैँ जनताको काममा ए

विकास निर्माणका काममा एकताबद्ध हुन ऊर्जामन्त्री भुसालको आग्रह

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विकासका निर्माणका काममा एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेकी छन् ।  ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १२ ठेचोमा आज ‘पाको पार्क’ उद्घाटन कार्यक्रममा उनले विकास निर्माण निरन्तरको प्रक्रिया भएकाले सबैको ऐक्यबद्धता आवश्यक हुने बताइन् । मन्त्री भुसालले सार्वजनिक जग्गा सदुपयोग गरेर निर्माण गरिएको पार्कले स्थानीयवासीको जीवनशैली विकासमा […]

विकास निर्माणका काममा एकताबद्ध होऔं : ऊर्जामन्त्री भुसाल

८ साउन, ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विकासका निर्माणका काममा एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेकी छन् । ललितपुरको गोदावरी नगरपालिका वडा नं १२ ठेचोमा आज ‘पाको पार्क’ उद्घाटन कार्यक्रममा उनले विकास निर्माण निरन्तरको प्रक्रिया भएकाले सबैको ऐक्यबद्धता आवश्यक हुने बताइन् । मन्त्री भुसालले भनिन्, ‘विकास निर्माणकार्यमा एउटै मनले समन्वयकारी भूमिका निर्वाह […]

विकास निर्माणका काममा सबैको ऐक्यबद्धता आवश्यक छ  : मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विकासका निर्माणका काममा एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेकी छिन्। ललितपुरको गोदावरी नगरपालिका वडा नं १२ ठेचोमा आज ‘पाको पार्क’ उद्घाटन कार्यक्रममा उनले विकास निर्माण निरन्तरको प्रक्रिया भएकाले सबैको ऐक्यबद्धता आवश्यक हुने बताइन् । मन्त्री भुसालले भनिन्, “विकास निर्माणकार्यमा एउटै मनले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्छ । निर्वाचनका बेला विभिन्न दलका नाममा मत मागे पनि विकासका काममा हामी एक मत छौँ, हुनुपर्छ । सधैँ जनताको काममा

विकास निर्माणका काममा सबैको एकताबद्ध चाहिन्छ : ऊर्जामन्त्री भुसाल

ललितपुर – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विकासका निर्माणका काममा एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेकी छन् । ललितपुरको गोदावरी नगरपालिका वडा नं १२ ठेचोमा आज ‘पाको पार्क’ उद्घाटन कार्यक्रममा उनले विकास निर्माण निरन्तरको प्रक्रिया भएकाले सबैको ऐक्यबद्धता आवश्यक हुने बताइन्। मन्त्री भुसालले भनिन्, ‘विकास निर्माण कार्यमा एउटै मनले समन्वकारी भूमिका निर्वाह गर्नुपर्छ । […]

काठमाडौं महानगरमा विकास निर्माण : अब तीनै तह सरकारको समन्वयमा मात्र

काठमाडौं काठमाडौँ महानगरपालिकाभित्र विकास निर्माण र भौतिक पूर्वाधारको काम तीनै तहका सरकारी निकायद्वारा समन्वय गरेर मात्रै अघि बढाउनुपर्ने भएको छ।  महानगरप्रमुख बालेन साहको संयोजकत्वमा शुक्रबार अबेरसम्म बसेको बैठकले विकास निर्माणका काममा सम्बद्ध सबै निकायले साझा उपाय अबलम्वन गर्ने गरी अघि बढ्ने निर्णय गरेको हो।  उपप्रमुख सुनिता डंगोलका अनुसार बैठकले असारदेखि महिनाको पहिलो सोमबार दिउँसो ३ बजे  प्रमुख साहको अध्यक्षतामा बैठक बसी महानगरभित्रका निर्माण तथा सेवा प्रवाहबारे सम्बन्धित

विकास निर्माणको काममा समन्वय गर्नुपर्ने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाभित्र विकास निर्माण र भौतिक पूर्वाधारको काम गर्दा तीनै तहका सरकारी निकायद्वारा समन्वय गरेर मात्रै काम कारबाही अघि बढाउनुपर्ने भएको छ। शुक्रबार राति अबेरसम्म कामपाको प्रमुख बालेन्द्र शाहको संयोजकत्वमा बसेको बैठकले कामपामा हुने विकास निर्माणका जति पनि कामको लागि सम्बद्ध सबै निकायले साझा उपाय अबलम्वन गर्ने गरी अघि बढ्नुपर्ने निर्णय गरेको हो। […]