खोटाङ– खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेल हाटडाँडाका स्थानीयले दिक्तेल–आहाले सडक कालोपत्रेको काम तत्काल सुचारु नगराए नगरप्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतलाई कार्यालयमा थुन्ने चेतावनी दिएका छन् । स्थानीय हाटडाँडा टोल पूर्वाधार विकास तथा व्यवस्थापन प्रवर्द्धन समितिको अगुवाइमा गएको स्थानीयले गत १९ भदौमा नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र वडा कार्यालयलाई ज्ञापन-पत्र बुझाउँदै सडक कालोपत्रेको […]