लमजुङ– माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य पूरा भएको छ । लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा दोर्दी गाउँपालिका-६ ढोडेनीमा निर्माण गरिएको २५ मेगावाट क्षमताको उक्त आयोजनाको निर्माण सम्पन्न भएको हो । आयोजनाका प्रवर्द्धक राजेन्द्र वस्तीले बताए । ‘हालसालै यस आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरेका छौँ। अब एक हप्ताभित्रमा बिजुली उत्पादन परीक्षण गर्ने तयारी भइरहेको छ’, […]