माथिल्लो दोर्दी ए दुई करोड घाटामा

लमजुङ- लमजुङको दोर्दी खोलामा निर्माण सम्पन्न भई विद्युत् उत्पादनको तयारीमा रहेको माथिल्लो दोर्दी ए को आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनी घाटामा देखिएको छ । कम्पनीले लमजुङको दोर्दी खोलामा २५ मेगावाटको माथिल्लो दोर्दी–ए निर्माण गरिरहेको छ । असार पहिलोबाट आयोजनाको बिजुली उत्पादन हुने आयोजनाका सञ्चालक राजेन्द्र बस्तीले बताए । आयोजनाको बाँकी […]

सम्बन्धित सामग्री

दोर्दीखोला करिडोरको बिजुली जोड्ने वैकल्पिक प्रसारण तयार

लमजुङको दोर्दी करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि वैकल्पिक व्यवस्थासहितको प्रसारण लाइन तयार भएको छ । सो करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजनाको बिजुली उदीपुर हुँदै मध्यमस्र्याङदीको स्वीचयार्ड सिउँडीबारमा जोड्ने गरी वैकल्पिक व्यवस्था गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले कूल छ किलोमिटर लामो प्रसारण लाइनमार्फत बिजुली जोड्न सकिने गरी नयाँ व्यवस्था गरिएको मस्र्याङदी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाका प्रमुख चिरन्तनविक्रम राणाले जानकारी दिए ।“हामीले सबै परीक्षणको काम सम्पन्न गरिसकेका छौं, प्रवद्र्धकले चाहेको बेलामा नै अब बिजुली जोड्न सक्छन्”, आयोजना प्रमुख राणाले भने “कार्यकारी निर्देशकले पनि शिघ्र काम सम्पन्न गर्न दिनुभएको छ, हामीले सबै काम सम्पन्न गरेर तयारी अवस्थामा बसेका छौं ।”वन क्षेत्रको रुख कटानमा देखिएको समस्या तथा अन्य स्थानीयवासीको मागका कारण लामो समयदेखि मार्कीचोक हुँदै लमजुङ खण्डमा प्रसारण लाइन निर्माणको कामले गति लिन नसकेपछि प्राधिकरणले आफ्नो प्रतिवद्धताअनुसार प्रसारण लाइन तयार पारेको हो ।हाल तयारी हालतमा रहेको प्रसारण लाइनलाई १३२ केभीमा चार्ज गरिने छ । सो प्रसारण लाइनको क्षमता २२० केभी भए पनि तत्काल कम क्षमता चार्ज गरेर प्रवद्र्धकको बिजुली प्रणालीमा जोडिने आयोजना प्रमुख राणाको भनाइ छ । लमजुङकै ङादी तथा त्यसका सहायक खोलामा निर्माणाधीन जलविद्युत् आयोजनाको विद्युत् खुदी सवस्टेसनमा जोडिने छ ।मस्र्याङ्दी र त्यसका सहायक नदीमा उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार छ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ ।उनका अनुसार हिमालयन पावर पार्टनरको २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाले बिजुली जोड्छौं भनेकै दिन जोड्न सकिने भएको छ । यस्तै लिबर्टी इनर्जी लिमिटेडको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युतको आयोजना निर्माणाधीन छ । त्यस्तै दोर्दीखोला जलविद्युत् कम्पनीको १२.१ दोर्दी–१ पनि तत्कालै जोड्न सकिनेछ ।चेपे खोलाका निर्माणाधिन सात मेगावाटको अर्को एक आयोजनाको समेत बिजुली सोही प्रसारण लाइनमा जोडिँदा तत्कालै ७० मेगावाट बराबरको बिजुली केन्द्रीय प्रणालीमा थप हुनेछ । चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको डबल सर्किट प्रसारण लाइनको लम्बाइ करिब एक सय १३ किलोमिटर छ । आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सवस्टेसनसम्मको करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ ।दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदीपुर सवस्टेसन निर्माणाधीन छन् । तेस्रो प्याकेजअन्तर्गत खुदीबाट धारापानीसम्मको ४६ किलोमिटर प्रसारण लाइन र दुई सवस्टेसन निर्माण भइरहेका छन् । नेपाल सरकारको लगानी र युरोपेली लगानी बैंक (इआइबी)को सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब रु १६ अर्ब बराबर छ ।लमजुङमा रु २३ अर्बभन्दा बढी लगानीमा पाँच जलविद्युत् आयोजना निर्माणाधीन छन् । यस्तै पिपुल्स हाइड्रोपावर कम्पनीद्वारा ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ पनि सोही प्रसारण लाइनमार्फत नै प्रवाह हुनेछ । सो करिडोरका सबै आयोजना निर्माण सम्पन्न भएपश्चात् एक सय २५ मेगावाट बिजुली उत्पादन हुनेछ । त्यहाँ निर्माण भएका आयोजनाबाट एक वर्षदेखि पाँच वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।त्यस्तै दोर्दी करिडोरमै छ्याङ्दी खोला हाइड्रोपावर कम्पनीले सोही खोलामा चार मेगावाटको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । दोर्दी करिडोरको सबैभन्दा माथिल्लो तटमा पिपुल्स हाइड्रोपावरको सुपर दोर्दी ‘ख’ (५४ मेगावाट) आयोजनामा कूल रु आठ अर्ब ८० करोड लगानी छ । सो आयोजनामा प्रभावित क्षेत्रका बासिन्दा र जिल्लावासीको पनि रु २७ करोड लगानी रहेको छ ।

लिवर्टी इनर्जीको माथिल्लो दोर्दी ‘ए’ ले साउनदेखि बिजुली उत्पादन गर्ने

लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको बिजुली उत्पादन आगामी साउन महिनादेखि गर्ने लक्ष्य राखेको छ । कूल २५ मेगावाट क्षमताको यस आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको र अब साउन महिनाभित्रै बिजुली उत्पादन हुने आयोजनाका प्रवद्र्धक राजेन्द्र वस्तीले बताए ।आयोजनाले पटक–पटक म्याद थप गर्दै थपिएको अन्तिम म्याद आगामी साउन महिनासम्म रहेको र सो भित्रै जसरी पनि बिजुली उत्पादन हुने उनको भनाइ छ । आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको छ । गतवर्ष दोर्दी खोलामा आएको बाढीले क्षति बनाएको खण्डको काम भइरहेको छ । “यतिबेला पेनस्टक पाइपमा, टनेलमा पानी भर्ने काम भयो, हेडबक्समा गत वर्ष बाढीले क्षति बनाएको आधा काम बाँकी छ”, प्रवद्र्धक वस्तीले भने , “आयोजनाको बाँधस्थल लोदो खोलाबाट दुई हजार ७०० मिटर लामो भूमिगत सुरुङ र दुई हजार ७०० मिटर लामो पेनस्टक पाइपमार्फत दोर्दी खोलाको पानीलाई विद्युत् गृहमा झारिने छ । ”यसको सफल परीक्षणसमेत भइसकेको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार उक्त लाइन निर्माण भएसँगै परीक्षण उत्पादन थाल्ने र सफल भएसँगै व्यावसायिक रुपमा बिजुली उत्पादन हुनेछ ।आयोजना निर्माणका क्रममा रु तीन अर्ब ९६ करोड लगानीमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहे पनि बढेर हाल रु चार अर्ब ६३ करोड ६० लाख लाग्ने आयोजनाले जनाएको छ ।आयोजनाको लागत प्रतिमेगावाट रु १८ करोड ५४ लाख लाग्ने कम्पनीको अनुमान छ । आयोजनाको बिजुली हिउँदको समयमा ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसा हुने गरी प्रवद्र्धक कम्पनी लिवर्टी र विद्युत् प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भएको छ ।

माथिल्लो दोर्दी ‘ए’ जेठ अन्तिममा सकिने, रु तीन अर्व ९६ करोड  लागत खर्च

लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माणाधीन २५ मेगागाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ आयोजना आगामी जेठको अन्तिमसम्म सम्पन्न हुने देखिएको छ । दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माण भइरहेको उक्त आयोजना

माथिल्लो दोर्दी 'ए' जेठभित्र बन्ने

काठमाडौं। २५ मेगागाट क्षमताको माथिल्लो दोर्दी 'ए' आयोजना जेठभित्र तयार हुने भएको छ । लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा दोर्दी खोलामा निर्माणाधीन माथिल्लो दोर्दी 'ए' जलविद्युत् आयोजनाको अधिकांश काम सकिइसकेको आयोजनाका प्रवर्द्धक राजेन्द्र वस्तीले बताए। आयोजना तीन अर्ब ९६ करोड लगानीमा सम्पन्न गर्ने बताइए पनि कोरोनाका कारण निर्माण अवधि लम्बिँदै जाँदा चार अर्ब ६४ करोड खर्च हुने अनुमान छ।

प्रभावित र जिल्लावासीका लागि माथिल्लो दोर्दी ‘ए’ को सेयर

लमजुङमा निर्माणाधिन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले सर्वसाधरणका लागि सेयर निष्कासन गरेको छ । आगामी चैत्र महिना भित्रै विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको उक्त आयोजनाले प्रभावित क्षेत्र र जिल्लावासीका लागि सेयर निष्काशन गरेको हो । आयोजना प्रवद्र्धक कम्पनी लिवर्टी इनर्जी लिमिटेडले मंगलबारबाट सेयर निष्काशन गरेको आयोजना सञ्चालक राजेन्द्र वस्तीले बताए । सर्वसाधरण जिल्लाबासीका नाममा निष्काशन गरीएको सेयर आव्हानमा जिल्ला भित्रै १५ करोड रकम संकलन गर्ने आयोजनाको लक्ष्य छ ।