लुइज इनासियो लुला डा सिल्भाले ब्राजिलको राष्ट्रपतिका रुपमा शपथग्रहण गरेका छन्। जैर बोलसोनारोलाई पराजित गर्दै लुला राष्ट्रपतिमा निर्वाचित भएका हुन्। यससँगै लुला तेस्रोपटक ब्राजिलका राष्ट्रपति बनेका छन्।
यसअघि उनी सन् २००३ र २०१० मा राष्ट्रपति निर्वाचित भएका थिए। भ्रष्टाचारको आरोपमा जेलमा रहेकाले सन् २०१८ मा लुलाले राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा गर्न…