चंगा उडाउन खोज्दा आफैं उडे यी व्यक्ति (भिडियो)

श्रीलंकामा एक व्यक्ति चंगा उडाउँदै गर्दा धागो समातेर आफैै उडेको भिडियो सार्वजनिक भएको छ । जाफनामा केही दिनअघि भएको चंगा उडाउने प्रतियोगितामा यो अनौठो घटना भएको हो ।  ती व्यक्ति टोलीका आफ्ना साथीहरूसँग मिलेर चंगाको धागो समात्ने कोशिश गरिरहेका थिए । तर हावा तीव्र गतिमा चलिरहेकोले ठूलो चंगासँगै उनी पनि उडे । हेर्दाहेर्दै उनी ३० फीट माथिसम्म उडे । उडे पनि उनले धागो छोड्न मानेनन् । साथीहरूले धागो छोड् भने पनि उनले टेरेनन् । अलिकति तल आएपछि भने उनले धागो छोडे अनि भुइँमा डङरङ्ङ पछारिए ।  उनलाई चो...