काठमाडौं। नेपाल राष्ट्र बैंकले एक वर्षमा ६३ हजार ६० लाख थान नयाँ नोट चलनचल्तीमा ल्याएको छ। आर्थिक वर्ष २०७८÷७९ मा ५२ अर्ब ६५ करोड ६० लाख बराबरका विभिन्न दरका ती नोट चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ। २०७९ असार मसान्तसम्ममा कुल ६ खर्ब ३२ अर्ब ४७ करोड बराबरका विभिन्न दरका नोटहरू चलनचल्तीमा रहेका छन्।