त्रिशुलीमा बससँगै बेपत्ता पतिलाई सम्झिएर भक्कानिएर रुन्छिन् प्रतिमा, स्वास्थ्य नाजुक

पर्साको वीरगञ्ज महानगरपालिका–१६ नगवास्थित फूलबारी टोलकी प्रतिमा महतो पटक–पटक आफ्नो पति जवाहीर महतोलाई सम्झेर भक्कानिएर रुँदै आइरहनुभएको छ । उहाँको पति जवाहीर महतोले चलाएको बागमती प्रदेश ०३ ०१–०० ख १५१६ नम्बरको एञ्जल डिलक्स रात्रिबस गत शुक्रबार बिहानीपख भरतपुर महानगरपालिका–२९ सिमलताल नजिकै पहिरोमा परेर बेपत्ता भएको खबर सुनेसँगै प्रतिमाको अवस्था भने झन्झन् नाजुक बन्दै गइरहेको छ […]

सम्बन्धित सामग्री

सिमलताल पहिरोः स्लाइनपानीको भरमा छिन् जवाहीरकी पत्नी प्रतिमा

उनको पति जवाहीर महतोले चलाएको बागमती प्रदेश ०३ ०१–०० ख १५१६ नम्बरको एञ्जल डिलक्स रात्रिबस गत शुक्रबार बिहानीपख भरतपुर महानगरपालिका–२९ सिमलताल नजिकै पहिरोमा परेर बेपत्ता भएको खबर सुनेसँगै प्रतिमाको अवस्था भने झनझन नाजुक बन्दै गइरहेको छ।

मलेसिया गएका अर्जुनधाराका युवक १६ वर्षदेखि बेपत्ता, परिवारमा चिन्ता

झापा- घरको नाजुक अवस्थाका कारण २० वर्षअघि कमाउन मलेसिया गएका अर्जुनधारा नगरपालिका-११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन भएपछि परिवारमा चिन्ता बढेको छ। मेचीनगर नगरपालिका-१३ नम्बर वडासँग सिमाना जोडिएको अर्जुनधारा-११, प्रगतिटोलस्थित देउनीयाँ वस्तीका विनोद विश्वकर्मा २०६० सालमा २२ वर्षको उमेरमा मलेसिया गएका थिए। उनकी ६६ वर्षीया आमा सुकमाया विश्वकर्माले भनिन् -‘२२ वर्षको हुँदा मलेसिया गएको […]

पहाडदेखि तराईसम्मै विपतकाे कहर

नेपालमा मनसुन सुरु भएसँगै यस वर्ष पहाडदेखि तराईसम्म बाढीपहिरोको विपत्ले सतायो । अहिलेसम्म १२२ जनाले ज्यान गुमाए । ८२७ घरका स्थानीयलाई घरबारविहीन बनायो । अझै ४६ जना बेपत्ता छन् । विपत्ले सताएपछि स्थानीयसँग सरकारको मुख ताक्नुबाहेक अन्य विकल्प छैन । बाढीपहिरोले बिचल्ली बनाएको अवस्थामा कतिपयसँग न त घर छ न त रोजगारको अवस्था । राहतमा आएको पीठो, ढिँडो खाएर गुजारा गरिरहेका छन् । असार १ गते राति हेलम्बु गाउँपालिकाको गणेशेबगरका दमाई तामाङको अवस्था पनि नाजुक छ । उहाँको घर मेलम्ची नदीमा आएको लेदो बाढीमा विलीन भयो । श्रीमती र

हावाहुरी र पानीका कारण पाटनमा बेपत्ता भएका ७ जना सकुसल भेटिए

जुम्ला र जाजरकोटको सिमाना कुशे गाउँपालिकाको जलजला पाटन क्षेत्रमा बेपत्ता भएका सात जनाको उद्धार गरिएको छ । कुशे गाँउपालिका वडा नम्बर ८ र ९ औलरिजाको ३५ वर्षीय डिलबहादुर खड्का, २८ वर्षीय चन्द्रा खड्का, २५ वर्षीय विक्रम खड्का, १८ वर्षीय भविन्द्र खड्का, १० वर्षीय धनसरा खड्का, १२ वर्षीय मीमबहादुर खड्का र कुशे–९, का ४० वर्षीय कृष्ण रोकाया शुक्रबार बिहान भेटिएका छन् ।जाजरकोट प्रहरीका अनुसार खाना नखाएका र चिसोका कारण उनीहरुको अवस्था नाजुक भएकाले प्राथमिक उपचार पाटनमा नै गरिएको छ। मंगलबार