हावाहुरी र पानीका कारण पाटनमा बेपत्ता भएका ७ जना सकुसल भेटिए

जुम्ला र जाजरकोटको सिमाना कुशे गाउँपालिकाको जलजला पाटन क्षेत्रमा बेपत्ता भएका सात जनाको उद्धार गरिएको छ । कुशे गाँउपालिका वडा नम्बर ८ र ९ औलरिजाको ३५ वर्षीय डिलबहादुर खड्का, २८ वर्षीय चन्द्रा खड्का, २५ वर्षीय विक्रम खड्का, १८ वर्षीय भविन्द्र खड्का, १० वर्षीय धनसरा खड्का, १२ वर्षीय मीमबहादुर खड्का र कुशे–९, का ४० वर्षीय कृष्ण रोकाया शुक्रबार बिहान भेटिएका छन् ।जाजरकोट प्रहरीका अनुसार खाना नखाएका र चिसोका कारण उनीहरुको अवस्था नाजुक भएकाले प्राथमिक उपचार पाटनमा नै गरिएको छ। मंगलबार

सम्बन्धित सामग्री

जापान भूकम्प अपडेट : आइतबारसम्म २२० जनाको मृत्यु, २० बेपत्ता

जापानको मध्य प्रान्त इशिकावामा आइतबार ७.६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएपछि मृत्यु हुनेको संख्या २२० पुगेको छ।स्थानीय समयअनुसार बिहान ९ बजेसम्म सबैभन्दा बढी प्रभावित प्रान्तमा वेपत्ताको संख्या २० रहेको छ भने भूकम्पका कारण कम्तीमा एक हजार १५ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्।जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार उत्तरी र पूर्वी जापानमा आइतबार साँझदेखि मङ्गलबारसम्म तीव्र हावाहुरी, हिमपात र उच्च छालआउने सम्भावना रहेको छ।भूकम्प प्रभावित होकुरिकु क्षेत्र र निगाता प्रान्तमा

वैशाखयताका विपद्जन्य घटनामा ३५३ को मृत्यु

यही वर्षको वैशाखयता विपदजन्य घटनामा परेर ३५३ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा ८० जना हराइरहेका छन् ।सबैभन्दा बढी पहिरोमा परेर १६१ को मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । त्यसपछि बाढीबाट ५२ र चट्याङ लागेर ४९ जनाको मृत्यु भएको छ । भारी वर्षाले १८, सर्पले टोकेर २०, आगलागीबाट १८, जनावरको आक्रमणबाट २८, डढेलो, हावाहुरी र महामरीबाट सात जनाले ज्यान गुमाएका छन् । बेपत्ता भएका ८० मध्ये पहिरोमा ४२ र बाढीमा ३७ जना परेका छन् ।प्राधिकरणका अनु

निरन्तर हावाहुरी, पानीका कारण बेपत्ताको खोजी हुन सकेन

जाजरकोट। भैंसी, गाई र बाख्रा लिएर चरिचरन क्षेत्र जलजला पाटनमा गएर बेपत्ता भएका सात जनाको अझै खोजी हुनसकेको छैन। मंगलबारदेखि हराइरहेका कुशे गाउँपालिका–८ र ९ औलरिजाका दिलबहादुर खड्का, विक्रम खड्का, चन्द्रा खड्का, भविन्द्र खड्का, मीम खड्का, धनसरा खड्का र कृष्ण रोकाय सम्पर्कबिहीन छन्। प्रहरी सो स्थानतर्फ पठाए पनि हावाहुरी र पानीका कारणा पुस्न सकेको छैन।