काठमाडौँ – भूमाफियाले गुठीको जग्गा कब्जा गर्दा गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा ३०० वर्षदेखि चल्दै आएको भगवान शिवको तामाको खट बोक्ने जात्रा सङ्कटमा परेको छ। गोकर्णेश्वर नगरपालिका–४ माकालबारीस्थित शिवरात्रि जात्रा गुठीका नाममा रहेको तीन रोपनी दुई आना जग्गा भूमाफियाले कब्जा गरी फुटसल चलाउन थालेपछि विसं १८०१ मा चलेको जात्राको अस्तित्व सङ्कटमा परेको मन्दिरका पुजारी सुरेश भट्टले […]