गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा विशेष सरसफाइ

काठमाडाैँ – राजधानीको पूर्वोत्तर भेगमा रहेको गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा महाशिवरात्रिको तयारीस्वरुप सरसफाइ गरिएको छ। गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिको नेतृत्वमा भएको सरसफाइमा जिल्ला वन कार्यालय काठमाडौँ, यज्ञडोल (जगडोल) सामुदायिक वन उपभोक्ता समूह, गोकर्णेश्वर नगरपालिकाका वडा नं ४ र ९ का स्थानीयवासी एवं जनप्रतिनिधिलगायतको सहभागिता थियो। मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्षसमेत रहनुभएका वडा नं […]