गोकर्णेश्वर नगरमा टुंगियो गठबन्धन दलको उम्मेदवारी

काठमाडौँ– सत्ता गठबन्धन दलको गोकर्णेश्वर नगरस्तरीय बैठकले स्थानीय तहका लागि उम्मेदवारको टुंगो लगाएको छ। वैशाख ११ गते बसेको सत्ता गठबन्धन दलको गोकर्णेश्वर नगरस्तरीय बैठकको निर्णयअनुसार वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा गोकर्णेश्वर नगरपालिकामा उम्मेदवारको टुंगो लगाएको हो। गठबन्धन दलले विज्ञप्ति जारी गरी गोकर्णेश्वर नगरपालिकाका सबै तहमा उम्मेदवारको टुंगो लगाएको जनाएको छ।

सम्बन्धित सामग्री

दिपेन्द्र बिष्ट

काठमाडौं महानगरपालिकासँगै जोडिएको गोकर्णेश्वर नगरपालिकामा चुनावी रौनक छाएको छ । मुख्य दल कांग्रेस, एमालेले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी माओवादी केन्द्र र एकीकृत समाजवादी बीचको गठबन्धन भएको छ ।

गोकर्णेश्वर नगरपालिकामा चुनावी चटारो : पर्यटकीय गन्तव्य बनाउने मुख्य एजेन्डा

काठमाडौं महानगरपालिकासँगै जोडिएको गोकर्णेश्वर नगरपालिकामा चुनावी रौनक छाएको छ । मुख्य दल कांग्रेस, एमालेले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी माओवादी केन्द्र र एकीकृत समाजवादी बीचको गठबन्धन भएको छ ।

माओवादीले पाएन प्रमुख

स्थानीय तह निर्वाचनमा गठबन्धन गरिए पनि काठमाडौँका पालिकामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रमुखमा उम्मेदवारी पाउन सकेन । काठमाडौँमा एक महानगरपालिका र १० नगरपालिका छन् । सत्ता गठबन्धनबाट प्रमुख वा उपप्रमुख नपाएपछि एकल उम्मेदवारी दिएको छ । टोखा, कीर्तिपुर, नागार्जुन, शङ्करापुर र बूढानीलकण्ठ नगरपालिकामा माओवादीका एकल उम्मेदवार छन् । तारकेश्वर, गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकामा गठबन्धन गरे पनि प्रमुख पद पाएको छैन ।