तनहुँको भानुभक्त प्राणी उद्यान क्षेत्र १७७ प्रजातिका चराको क्रिडास्थल भएको पत्ता लागेको छ । गर्मी मौसममा १४४ र बाँकी हिउँद याममा गरी सो सङ्ख्यामा चरा भेटिएको हो । हालै गरिएको साताव्यापी चरा अनुगमनका क्रममा १२४ फेला परेपछि गर्मी र हिउँद मौसममा गरी उद्यानमा १७७ प्रजातिको चराहरुको क्रिडास्थल रहेको पार्ईएको छ ।