भानुभक्त प्राणी उद्यान : मुआब्जा वितरणमा ढिलाइ

दमौली, ७ जेठ । तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित भानुभक्त प्राणी उद्यानको जग्गा अधिग्रहणको मुआब्जामा विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले चासो देखाएको छ । जग्गा अधिग्रहणका लागि विगत तीन वर्ष अगाडि नै मुआब्जा टुङ्गिसके पनि प्रभावितले मुआब्जा नपाएको विषयमा कार्यालयले चासो राखेको हो । उद्यानबाट प्रभावित स्थानीयलाई मुआब्जा वितरणका लागि तीन वर्षअघि मुआब्जा निर्धारण समितिले मुआब्जा […]

सम्बन्धित सामग्री

भानुभक्त प्राणी उद्यान : मुआब्जा प्राप्तिका लागि पहल गरिने

दमौली (तनहुँ), ३ फागुन । तनहुँको व्यास नगरपालिका र भानु नगरपालिकाका चार वडा समेटेर निर्माण भएको भानुभक्त प्राणी उद्यानबाट प्रभावितलाई मुआब्जा वितरणका लागि पहल थालिएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा मुआब्जा निर्धारण समितिको तीन वर्ष अगाडि बसेको बैठकले मुआब्जा रकम टुङ्गो लगाइसके पनि सरकारले बजेट निकासा नगरेपछि प्रभावितले अझै मुआब्जा पाउन सकेका छैनन् । […]

मुआब्जा नपाएको विरोधमा आन्दोलन

जग्गा अधिग्रहण गरेर लामो समयसम्म मुआब्जा नपाएको भन्दै प्रभावितहरु आन्दोलनमा उत्रेका छन् । तनहुँको व्यास नगरपालिका-१२ छिर्कनेस्थित भानुभक्त प्राणी उद्यानका प्रभावित मुआब्जा नपाएपछि आन्दोलनमा उत्रेका हुन् । प्राणी उद्यानबाट प्रभावित व्यास नगरपालिका र भानु नगरपालिकाका स्थानीयवासीले कार्यालयमा तालाबन्दी गरेका छन् । भानुभक्त प्राणी उद्यान मुआब्जा पीडित संघर्ष समितिको नेतृत्वमा एक सयभन्दा बढी स्थानीयवासीले नाराबाजी सहित […]

उद्यान प्रभावितले मुआब्जा पाएनन्

तनहुँ, १७ साउन । भानुभक्त प्राणी उद्यान छिर्कनबाट प्रभावितले दुई वर्षदेखि मुआब्जा बापतको रकम पाउन सकेका छैनन् । व्यास नगरपालिका–११ र १२ तथा भानु नगरपालिकाको वडा नं ५ र ६ का गरी चार वडाका प्रभावित स्थानीयले मुआब्जा पाउन नसकेका हुन् । उक्त क्षेत्रका एक सय ४२ घरधुरीका नौ सय ६१ रोपनी जग्गा र पाँच घरटहराले […]

भानुभक्त प्राणी उद्यान : जग्गा अधिग्रहणका लागि रु ४६ करोड

दमौली । तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित भानुभक्त प्राणी उद्यानले जग्गा अधिग्रहणको कामलाई अगाडि बढाएको छ । रैथाने र गैररैथाने वन्यजन्तुको संरक्षण गर्र्ने, वन्यजन्तु संरक्षणमार्फत आमोदप्रमोद प्रदान गर्ने, वन्यजन्तुको वैज्ञानिक अध्ययन अनुसन्धान गर्ने उद्देश्यसहित स्थापना भएको सो उद्यानले जग्गा अधिग्रहणको कामलाई अगाडि बढाएको हो । प्राणी उद्यानले व्यास नगरपालिका–११, १२, भानु नगरपालिका–५ र ६ का भाग समेटेको छ । उद्यानले अधिग्रहण गर्ने जग्गा, घरटहरा, खेतबारीको मुआब्जा निर्धारण गर्ने काम सकिएको संरक्षण अधिकृत भोजराज पन्थले जानकारी दिए । उनका अनुसार यस कार्यका लागि कुल रु ४६ करोड ५२ लाख एक हजार ७३० बजेट आवश्यक पर्छ । जग्गाको मुआब्जा वितरणका लागि अर्थमन्त्रालयमा फाइल पठाइएको र बजेट स्वीकृत भएर आएपछि मुआब्जा वितरणको काम शुरू हुने उनले बताए । ‘प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको मुआब्जा निर्धारण समितिले जग्गाको मूल्याङ्कन गरेर बजेटका लागि फाइल अर्थमन्त्रालयमा पठाएको छ, मन्त्रालयबाट बजेट प्राप्त भएपछि मुआब्जाको काम अगाडि बढाउँछौँ,’ पन्थले भने । प्राणी उद्यानभित्र परेका १२६ जग्गाधनीको ९६१ रोपनी जग्गा अधिग्रहण गरिनेछ । त्यसका लागि रु ४३ करोड ८७ लाख नौ हजार ४४३ मुआब्जा निर्धारण गरिएको छ । त्यस्तै उद्यानभित्र परेका घरटहराका लागि रु ५८ लाख सात हजार ५७९ र छुट भएका १६ जग्गाधनीको जग्गा अधिग्रहणका लागि रु दुई करोड छ लाख ८४ हजार ७०७ मुआब्जा निर्धारण गरिएको छ । प्राणी उद्यानको सीमानामा तारबार लगाउने काम भने सम्पन्न भइसकेको छ । उद्यानको विकासका लागि गुरुयोजना बनाइएको छ । गुरुयोजनाअनुसार यहाँ दुई इलाका, चार क्षेत्र र आठ शाखा कल्पना गरिएको छ । इलाकाअन्तर्गत संरक्षण इलाका र उपयोग इलाका रहनेछ । क्षेत्रअन्तर्गत प्रशासनिक, प्रदर्शनी, शान्ति र आध्यात्मिक तथा उद्धार र अनुसन्धान रहनेछ । रासस