उद्यान प्रभावितले मुआब्जा पाएनन्

तनहुँ, १७ साउन । भानुभक्त प्राणी उद्यान छिर्कनबाट प्रभावितले दुई वर्षदेखि मुआब्जा बापतको रकम पाउन सकेका छैनन् । व्यास नगरपालिका–११ र १२ तथा भानु नगरपालिकाको वडा नं ५ र ६ का गरी चार वडाका प्रभावित स्थानीयले मुआब्जा पाउन नसकेका हुन् । उक्त क्षेत्रका एक सय ४२ घरधुरीका नौ सय ६१ रोपनी जग्गा र पाँच घरटहराले […]

सम्बन्धित सामग्री

प्राणी उद्यान प्रभावितले पाएनन् मुआब्जा

भानुभक्त प्राणी उद्यानबाट प्रभावित स्थानीयवासीले चार वर्ष बित्नै लाग्दा पनि मुआब्जाबापतको रकम पाउन सकेका छैनन् । व्यास नगरपालिका–११ र १२ तथा भानु नगरपालिका–५ र ६ क्षेत्रका १४२ जनाले मुआब्जा रकम पाउन नसकेका हुन् । उद्यानबाट प्रभावित स्थानीयवासीलाई मुआब्जा वितरणका लागि चार वर्षअघि मुआब्जा निर्धारण समितिले मुआब्जा निर्धारण गरिसकेको थियो । प्राणी उद्यानका लागि आवश्यक पर्ने जग्गा रोक्का हुँदा प्रभावितले बेचबिखन गर्न पाइरहेका छैनन् ।