जर्मन बुन्डेसलिगा फुटबलको शीर्ष क्लब बायर्न म्युनिख शनिबार राती भएको खेलमा बकहमसँग ४-२ अन्तरले पराजित भएको छ । भ्रमणकारी टोली बायर्नले सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा पराजित भयो । बकहमको जितमा क्रीस्टोफर, जुर्गन लोकाडिया, क्रीस्टियन गाम्बोया र होल्टम्यानले एक एक गोल गरे । बायर्नका रोबर्ट लेवान्डोस्कीको दुई गोल फर्काए । यस हारपछि बायर्न २२ खेलमा ५२ अंक जोडेर शीर्ष स्थानमा यथावत छ । बकहम २८ अंक जोडेर ११ औं स्थानमा छ ।