सौन्दर्य, फेसन र जीवनशैलीसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डहरू पाइने ई–कमर्श ब्राण्ड हब ‘भेषभूषा डटकम’ सञ्चालनमा आएको छ ।
सोमवार राजधानीमा आयोजित कार्यक्रमबीच नायक राजेश हमालले ‘भेषभूषा डटकम’को उद्घाटन गरेका हुन् ।
स्वदेशी तथा विदेशी प्रख्यात ब्राण्डका सौन्दर्य, फेसन र जीवनशैलीसँग सम्बन्धित सामान बिक्री गर्ने लक्ष्यसहित भेषभूषा सञ्चालनमा आएको कम्पनीले जनाएको छ ।
कम्पनीका अध्यक्ष दीपक पाण्डेले तत्कालका लागि काठमाडौं उपत्यकामा मात्रै सेवा उपलब्ध भए पनि ४ महिनाभित्र देशका प्रमुख ७ शहर...