उत्तर प्रदेश चुनाव : हजारौंको भीडमा खिचडी खाएका मुख्यमन्त्री योगीलाई कारवाही गर्न माग

भारतको उत्तर प्रदेशमा हुन लागेको विधानसभा चुनावअघि राजनीतिक आरोप–प्रत्यारोप बढेको छ । कोरोना महामारीका बेला स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गरी राजनीतिक गतिविधि गरेको आरोपमा समाजवादी पार्टीका नेता–कार्यकर्तामाथि मुद्दा चलेका बेला हजारौंको भीडमा खिचडी खाएका मुख्यमन्त्री योगी आदित्यनाथमाथि समेत कारवाही हुनुपर्ने माग उठेको छ । नेता स्वामीप्रसाद मौर्यले सर्वप्रथम मुख्यमन्त्री योगीलाई कारवाही हुनुपर्ने माग गरे । योगीले शुक्रवार गोरखपुरमा हजारौं व्यक्तिको भीडमा खिचडी खाएका थिए । कोरोना महामारीका कारण निर्वा...