सरकारले कोरोना संकटको बेला पनि भीडभाड गरेर सेवाग्राहीलाई राहदानी वितरण गर्दै आएको छ । मंगलबार बिहानैदेखि काठमाडौंको कान्तिपथस्थित राहदानी विभागमा पुगेका सेवाग्राहीहरुले कोरोनाकालमा भौतिक दुरी कायम गर्न अपिल गर्दै आएको सरकारले आवश्यक व्यवस्था नमिलाएका कारण भीडमा बसेर राहदानी लिन बाध्य हुनु परेको प्रतिक्रिया दिए । छोरीको राहदानी लिन रुपन्देही देवदहबाट काठमाडौं आएका दिलबहादुर गुरुङले सरकारले आफैंले आवश्यक व्यवस्था नमिलाएका कारण कोरोना कालमा पनि भीडमा बसेको राहदानी लिनुपर्ने बाध्यात्मक अवस्था र