माघ ७ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य गरेसँगै कोभिड १९ विरुद्धको खोप लगाउनेको भीड बढेको छ । तर, खोप लगाउनेको भीडमा स्वास्थ्य मापदण्डको पालना भने देखिएको छैन । काठमाडौं जिल्ला प्रशासनले सार्वजनिक स्थानहरु(कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि) मा प्रवेश गर्दा यही माघ ७ गतेदेखि कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड हेरेर मात्रै प्रवेश दिने व्यवस्था गर्ने आदेश गरेसँगै कोभिड १९ विरुद्धको खोप लगाउनेहरुको भीड बढेको हो । काठमाडौंका विभिन्न खो