नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ४ को निर्वाचन परिवर्तन पक्षधर र विरोधीबीचको लडाईं जस्तै रहेको बताएका छन् । बिहीबार गोरखामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले परिवर्तनविरोधी पक्ष राजामहाराजाको पुर्नस्थापनाको पक्षमा उभिएको बताए । ‘परिवर्तनका पक्षधर र विरोधीको लडाईजस्तो हुँदैछ मंसिर ४ गतेको निर्वाचन । परिवर्तनको पक्षमा हामी छौं भने हिजोका राजामहाराजालाई पुर्नस्थापित गर्नुपर्छ भन्ने अर्को गठबन्धन छ । त्यसैले सम्मृद्धिको हितमा रहेको हाम्रो