लामो समयसम्म घट्दो क्रममा रहेको नेप्से पुन: उकालो लाग्न थालेको छ । गत हप्ताको मंगलबारदेखि उकालो लाग्ने थालेको सेयर बजार परिसूचक नेप्से यस साताको पहिलो दिन अर्थात् आज आइतबार मात्र ७१ अंकमाथिले वृद्धि भएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज आइतबार नेप्से सूचक ७१.२० अंकले वृद्धि हुँदै २५ सय ९१.४२ विन्दुमा उक्लिएको हो । यस दिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ५.३८ अंकले वृद्धि हुँदै ४८२.७४ बिन्दुमा पुगेको छ । आज हाइड्रोपावर र फाइनान्स समूहको उपसूचकबा