धनुषाका ग्रामीण क्षेत्रका विद्यालयमा गठन गरिएका छात्रा सञ्जाल र बाल क्लबले बाल विवाहविरुद्ध जनचेतना अभियान सञ्चालन गरेपछि बाल विवाह गर्ने चलन हराएर छोरीलाई पनि विद्यालय पठाउने सोच विकास भएको छ । धनुषाका ग्रामीण क्षेत्रमा कुरीतिका रुपमा रहेको छोरीलाई शिक्षा दिनु हुँदैन भन्ने मान्यताविरुद्ध छात्रा सञ्जालले जनचेतना अभियान सञ्चालन गर्न थालेपछि सबै अभिभावकले छोरीलाई समेत विद्यालय पठाउन थालेका छन् ।