दसैं–तिहार र छठमा अधिकतम खपत हुने वस्तु हुन्, चिनी र घिउ । तर यिनै वस्तु नराखी सरकारले असोज १ देखि कात्तिक १५ सम्म सुपथ मूल्य पसल सञ्चालन गर्दै छ । यी पसलबाट चिनी, घिउलगायत खाद्यान्न वस्तुमा छुट दिने निर्णय भइसकेको छ । तर, शनिबारदेखि सञ्चालनमा आउने छुट पसलमा चिनी र घिउ छैनन् ।