हिमपातसँगै चिसोले दर्जनौ बाख्रा मरेको आशंका, छैन चेक जाँचको व्यवस्था

ताप्लेजुङ– ताप्लेजुङको हिमाली बस्ती फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको फलेमा दर्जनौ बाख्रा चिसोले मरेका छन् । पछिल्लो समय निरन्तरको हिमपातसँगै बढेको चिसोले फलेका स्थानीयले पालेका बाख्रा मरेका हुन् । हिमपातको क्रमसँगै पछिल्लो दुई सातायता जिल्लाको उच्च हिमाली क्षेत्रमा दिनहुँजसो हिमपात हुँदै आएको छ भने फलेमा पनि अहिले बाक्लो हिउँ परेको छ । करिब तीन हजार तीनसय मिटर […]

सम्बन्धित सामग्री

रकम नभई चेक दिएमा मात्र रिटर्न स्लिप दिन सुझाव

नियतवश चेक काटेको अवस्थामा बाहेक रिटर्न स्लिप जारी गर्न नपाइने व्यवस्था गर्न महान्यायाधिवक्ता कार्यालयले सुझाव दिएको छ । नेपाल राष्ट्र बैंकले आयोजना गरेको बैंकिङ कसुरको अभियोजन समस्या र समाधान विषयक कार्यक्रममा...

चेक बाउन्स कसुरमा लचिलो व्यवस्था गरिँदै

आफ्नो खातामा पैसा नभएको जानीजानी चेक काटेर दिँदा हुने कारबाही सम्बन्धमा केही लचिलो व्यवस्था गर्न लागिएको छ । ‘चेक बाउन्स’ का रूपमा परिचित उक्त कसुरबापत विद्यमान कानुनमा रहेको व्यवस्था केही परिमार्जन गरी लचिलो (व्यवस्थित) बनाउन लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले बताएको छ ।

चेक अनादर र बैंकिङ कसूर सम्बन्धी यस्तो छ कानूनी व्यवस्था

चिरञ्जीवी नेपाल (अधिवक्ता) आजकाल आर्थिक कारोवार अर्थात रकमको लेनदेन, चेक र बैंक मार्फत हुनेगरेको पाइन्छ । जसले त्यस्तो कारोवारलाई बैध, पारदर्शी सुरक्षित बनाउनुका साथै छिटो छरितो र सहज समेत बनाएको छ । आधुनिक प्रविधिको प्रयोग र चेकको कारोवारले एकातर्फ लेनदेन र आर्थिक कारोवारलाई सहजता प्रदान गरेको छ भने अर्को तर्फ यसको दुरुपयोग पनि अत्यधिक मात्रामा […]

चेकको आंशिक भुक्तानीको व्यवस्था

‘मैले मर्नुभन्दा ठिक्क अगाडि काटेको चेक चाहिँ बाउन्स होस्’ भनी प्रसिद्ध अमेरिकी लेखक तथा अर्बपति चक फिनेले ठट्यौलीमा भने । चेक बाउन्स हुनु कति गम्भीर विषय हो भन्ने कुरा उनको भनाइबाट पनि अनुमान लगाउन सकिन्छ । आजको अवस्थामा कठोर कानुनी व्यवस्थाका कारण आपूmले जारी गरेको चेक बाउन्स होस् भनी सायद कसैले पनि चाहँदैन ।तपाईंलाई कसैले […]

विद्युतीय चेक क्लियरिङ र अन्तर बैंक भुक्तानी प्रणालीको कारोबार समय परिवर्तन

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बाट सञ्चालित विद्युतीय चेक क्लियरिङ प्रणाली (एनसीएचएल–इसीसी) र अन्तरबैंक भुक्तानी प्रणालीको कारोबार समय परिवर्तन भएको छ ।जेठबाट शनिबार र आइतबारको सार्वजनिक बिदालाई समेत मध्यनजर गर्दै एनसीएचएलले सो प्रणाली शुक्रबारसमेत पूर्णरुपमा सञ्चालनमा रहने जनाएको छ । संशोधित तथा थप नयाँ सत्रहरुको व्यवस्था ३जेठदेखि लागु हुने कम्पनीले जनाएको छ ।एनसीएचएल–इसीसी प्रणालीको रेगुलर […]

चेक क्लियरिङ प्रणाली र अन्तरबैंक भुक्तानी प्रणालीको कारोबार समय परिवर्तन

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बाट सञ्चालित विद्युतीय चेक क्लियरिङ प्रणाली र अन्तरबैंक भुक्तानी प्रणालीको कारोबार समय परिवर्तन भएको छ । जेठबाट शनिबार र आइतबारको सार्वजनिक बिदालाई समेत मध्यनजर गर्दै एनसीएचएलले सो प्रणाली शुक्रबार समेत पूर्ण रुपमा सञ्चालनमा रहने जनाएको छ । संशोधित तथा थप नयाँ सर्तहरूको व्यवस्था जेठ ३ गतेदेखि लागु हुने […]

चेक क्लियरिङ्ग प्रणालीको कारोबार समय सीमामा फेरबदल

नेपाल क्लियरिङ्ग हाउसद्वारा सञ्चालित विद्युतीय चेक क्लियरिङ्ग प्रणाली र अन्तरबैंक भुक्तानी प्रणालीका कारोबार र समय सीमा समेत परिवर्तन गरिएको छ । साथै शनिबार र आइतबार हुने सार्वजनिक विदालाई समेत मध्यनजर गरी, उक्त प्रणालीहरू शुक्रबार समेत पूर्ण रुपमा सञ्चालनमा रहने गरी विद्यमान सत्रहरुको समय संशोधन तथा थप नयाँ सत्रहरुको व्यवस्था गरी जेष्ठ ३ देखि लागू हुने गरी प्रणालीहरुको समय सीमा परिवर्तन गरिएको कम्पनीले जनाएको छ । उक्त व्यवस्था अनुसार चेक क्लियरिङ्ग प्रणालीको रेगुलर सत्रमा दिउँसो ३ः०० बजे स

पोल्याण्ड, चेक र स्लोभेनियाका प्रधानमन्त्री युक्रेन जाँदै

युक्रेनका राष्ट्रपति र प्रधानमन्त्रीसँग वार्ताका लागि पोल्याण्ड, चेक रिपब्लिक र स्लोभेनियाका प्रधानमन्त्रीहरू रेलमा राजधानी किभ जाँदैछन्। पोल्यान्डको प्रधानमन्त्री कार्यालयका प्रमुख मिचल डोर्चिकका अनुसार उनीहरू युरोपेली संघका प्रतिनिधिका रूपमा यात्रा गर्दैछन् र युक्रेनका लागि ठोस सहयोग प्याकेजको विवरण प्रस्तुत गर्नेछन्। उनले भने, ‘भर्साइलमा भर्खरै भएको इयु शिखर सम्मेलनको क्रममा यो भ्रमणको व्यवस्था गरिएको हो।’ उनले पोल्याण्डको […]

चेक अनादर र बैंकिङ कसूर

वर्तमानमा प्रायः सबै प्रकारका आर्थिक कारोबार चेक र बैंकमार्फत हुनाले व्यक्तिहरूको आर्थिक कारोबार वैध एवम् पारदर्शी हुनुका साथै छिटोछरितो रूपमा भएको पाइन्छ । त्यस्तो कारोबारलाई छिटो र सरलताका साथ गर्न नगदको सट्टा चेकको प्रयोग अत्यधिक बढेको छ । व्यक्तिहरूको आर्थिक कारोबारमा नगदको सट्टा चेकको प्रयोगले सुरक्षा दिलाएको छ भने प्रविधिको प्रयोगले सरल पनि बनाएको छ । चेक अनादर व्यक्तिव्यक्ति बीचको कारोबारबाट सृजित देवानी गल्ती हो । चेक अनादरको कार्यबाट बैंक वा वित्तीय संस्थालाई कुनै हानिनोक्सानी हुने देखिँदैन भने सम्बद्ध व्यक्ति मात्र यसप्रकारको कार्यबाट पीडित हुने निश्चित छ । चेकको कारोबारले लेनदेन र आर्थिक कारोबारलाई सहजता त बनाएको छ तर यसको दुरुपयोग पनि अत्यधिक मात्रामा बढेकाले जटिलता थपिएको छ । बदनियतका साथ चेकको प्रयोग गर्दा आर्थिक अपराधमा वृद्धि हुनुका साथै व्यक्तिहरूबीच अविश्वास बढ्दै गएको छ । फलस्वरूप बैंकिङ कसूर र चेक अनादरका मुद्दाहरूमा व्यापक वृद्धि भइरहेको छ । कुनै पनि चेक काटिदिने व्यक्तिले, आफ्नो बैंक खातामा रकम छैन वा रकम भए पनि पर्याप्त रकम छैन भनी जानीजानी चेक काटिदिएमा (चेक धारक अर्थात्) चेक लिने व्यक्तिले प्राप्त गर्नुपर्ने रकम बैंकबाट प्राप्त गर्न नसकेको खण्डमा अर्थात् कुनै पनि बैंकले भुक्तानी दिनुपर्ने रकम भुक्तानी नदिएको वा चेक भुक्तानी दिन इन्कार गरेको अवस्था चेकअनादर हो । विनिमेय अधिकारपत्र ऐन २०३४ को दफा ५३ बमोजिम चेक धारक अर्थात् चेक पाउने व्यक्तिले ६ महीनाभित्र सम्बद्ध बैंकसमक्ष उक्त चेक पेश गर्नुपर्छ । उक्त अवधि गुज्रिएपछि पेश भएमा भुक्तानी दिन बैंक बाध्य हुँदैन र त्यस अवस्थामा बैंकले चेक अनादर भएको प्रमाणित गरिदिँदैन । चेक अनादर भएको कुरा बैंकबाट प्रमाणित गरिनुपर्छ । यसरी कुनै पनि बैंकमा भुक्तानीका लागि कुनै व्यक्तिले दिएको चेक निश्चित कारणसहित बैंकबाट भुक्तानी हुन नसकी चेक फिर्ता हुनु चेक बाउन्स हो । चेक जारी गरेपछि खातावालले खाता बन्द गरेमा पनि चेक बाउन्स हुनसक्छ । विनिमेय अधिकारपत्र ऐन २०३४ को दफा १०७ (क) ले ‘बैंकमा आफ्नो निक्षेप छैन वा निक्षेप भए पनि पर्याप्त छैन भन्ने जानीजानी कुनै व्यक्तिले चेक काटी कसैलाई हस्तान्तरण गरेमा र यसरी हस्तान्तरण गरिएको चेक भुक्तानीको लागि सम्बद्ध बैंकसमक्ष प्रस्तुत गर्दा पर्याप्त निक्षेप नभएको कारणबाट बैंकबाट चेक अनादर भएमा चेक काट्ने व्यक्तिबाट चेकमा उल्लिखित रकम र ब्याजसमेत धारकलाई भराई चेक काट्ने व्यक्तिलाई तीन महीना कैद र तीन हजार रुपैयाँ जरीवाना वा दुवै सजाय हुनेछ’ भनेको छ । यसबाट खातामा रकम नभएमा वा भए पनि अपुग छ भनी जानीजानी चेक काटी दिई चेक धारकले प्राप्त गर्ने रकम प्राप्त गर्न नसकेमा चेक अनादर भएको मानेको छ । चेकमा उल्लेख भएको रकम खातामा नभएमा, चेक जारी गरेपश्चात् खातावालले खाता बन्द गरेमा, खातावालले विनाकारण चेक स्टप गरेमा, चेकमा गरिएको र बैंकको रेकर्डमा रहेको हस्ताक्षर फरक परेमा, बैंकसमक्ष प्रस्तुत चेकको भुक्तानी दिन बैंकले इन्कार गरेमा, भविष्यको चेक भुक्तानी गर्ने मिति कायम गरी त्यो भन्दा पहिले नै खाता बन्द गरेमा, विनिमय पत्र ऐनअनुसार चेकबाट उत्तरदायी हुने पक्षलाई सूचना नदिएमा चेक अनादर हुन्छ भन्ने व्यवस्था विनिमेय अधिकार पत्र ऐन २०३४ ले गरेको छ । बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ को दफा ३ (ग) अनुसार ‘आप्mनो खातामा मौज्दात रकम नभएको जानीजानी चेक काटी दिन’ भन्ने व्यवस्था गरिएको छ । एउटै कसूरका सम्बन्धमा दुईओटा कानूनी व्यवस्थाले व्यावहारिक जटिलता र अन्योलको स्थिति सृजना भएको छ । उपर्युक्त दुईओटा कानूनी व्यवस्थाले आप्mनो खातामा मौज्दात रकम नभएको जानीजानी चेक काटी दिने कार्य अर्थात् चेक अनादरको विषय विनिमय अधिकार पत्र ऐन, २०३४ भित्र पर्ने कि बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ भित्र पर्ने ? भन्ने सवाल स्पष्ट रूपमा उठेको पाइन्छ । अब बैंकिङ कसुर भनेको के हो त ? भन्दा सामान्य अर्थमा बैंक वा वित्तीय संस्थालाई हानिनोक्सानी हुने कार्यका साथै समग्र वित्तीय प्रणालीमै नकारात्मक असर पार्ने कार्य बैंकिङ कसूर हो । यसका सम्बन्धमा बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ को परिच्छेद २ ले विशेष व्यबस्था गरेको छ । बैंकिङ कसूरसम्बन्धी मुद्दा नेपाल सरकार वादी हुने र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसूची १ अन्तर्गतको मुद्दा हो । एउटै कार्यका लागि विनिमेय अधिकारपत्र ऐन २०३४ को दफा १०७ (क) ले ‘चेक काट्ने व्यक्तिवाट चेकमा उल्लिखित रकम र ब्याजसमेत धारकलाई भराई चेक काट्ने व्यक्तिलाई तीन महिना कैद र तीन हजार रुपैयाँ जरीवाना वा दुवै सजाय हुनेछ’ भन्ने व्यवस्था गरेको पाइन्छ भने बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ को दफा १५(१) ले ‘बिगो खुलेकोमा बिगो भराई बिगोबमोजिम जरीवाना र ३ महिनासम्म कैद हुने भन्ने व्यवस्था गर्नुका साथै दफा १७ ले कसूर भएको कुरा थाहा पाएको मितिले १ वर्षभित्र जाहेरी दिन सकिने’ व्यवस्था गरेको छ । यसरी हेर्दा चेक अनादरविरुद्ध दुवै ऐन आकर्षित हुने देखियो । चेक अनादर व्यक्तिव्यक्ति बीचको कारोबारबाट सृजित देवानी गल्ती हो । चेक अनादरको कार्यबाट बैंक वा वित्तीय संस्थालाई कुनै हानिनोक्सानी हुने देखिँदैन भने सम्बद्ध व्यक्ति मात्र यसप्रकारको कार्यबाट पीडित हुने निश्चित छ । कुनै पनि व्यक्तिले आफ्नो आर्थिक दायित्व वहन गर्नुपर्नेमा त्यस्तो कार्य नगरेबापत हुने हानिनोक्सानी दुष्कृतिअन्तर्गत पर्ने भएकाले यससम्बन्धी मुद्दामा विनिमेय अधिकार पत्र ऐन २०३४ नै आकर्षित हुनुपर्ने हो । तर, चेकअनादर मुद्दामा फौजदारी कानून आकर्षित गराई व्यक्तिलाई लेनदेनको कारोबारमा अपराधी बनाउने कार्यले व्यक्तिको स्वतन्त्रता हनन हुन पुगेको देखिन्छ । समग्र बैंकिङ र वित्तीय प्रणालीलाई हानिनोक्सानी पार्ने गरी गरिने आपराधिक कार्यलाई र व्यक्तिव्यक्तिबीच भएको आर्थिक कारोबारबाट सृजित देवानी गल्तीलाई एउटै कोटीमा राखेर व्यवहार गरिनु हुँदैन । एकै प्रकारको गल्ती वा कसूरका सम्बन्धमा एउटै मात्र निश्चित कानूनी व्यवस्था आकर्षित हुनुपर्छ । दोहोरो कानूनी व्यवस्थाले अनिश्चित अवस्था सृजना गरेको छ । कतिपय अवस्थामा प्रहरीले अनुसन्धान गरी सरकारी वकीलमार्पmत बैंकिङ कसूरको मुद्दा दर्ता गराएको पाइन्छ भने प्रहरीले अनुसन्धान गर्न इन्कार गरेको अवस्थामा व्यक्तिवादी भई चेक अनादर मुद्दा चलेको पाइन्छ । चेक अनादरको एकै विषयलाई फरक, फरक ऐनअन्तर्गत फरक मुद्दा लिने चलाइने यो दोहेरोपनको अन्त्य हुनु आवश्यक छ । विशुद्ध देवानी गल्तीलाई फौजदारी कानूनको प्रयोग गरिनु न्याय र कानूनको दृष्टिले पनि उपयुक्त हुँदैन । तसर्थ चेक अनादरको विषयमा विनिमेय अधिकारपत्र सम्बन्धी ऐन २०३४ मात्र आकर्षित हुनुपर्ने व्यवस्था गरिनुपर्छ । लेखक अधिवक्ता हुन् ।

‘चेक बाउन्स’ मा कारबाही सम्बन्धमा केही लचिलो व्यवस्था

आफ्नो खातामा पैसा नभएको जानीजानी चेक काटेर दिँदा हुने कारबाही सम्बन्धमा केही लचिलो व्यवस्था हुन लागेको छ । ‘चेक बाउन्स’ का रूपमा परिचित उक्त कसुरबापत विद्यमान कानुनमा रहेको व्यवस्था केही परिमार्जन गरी लचिलो बनाउन लागिएको राष्ट्र बैंक स्रोतले बताएको छ । हाल दुई पटकभन्दा बढी चेक बाउन्स भए चेक काट्ने व्यक्ति कालोसूचीमा पर्नुका साथै उसलाई बैंकिङ कसुरसम्बन्धी कारबाही तथा जरिवानासमेत हुने व्यवस्था छ । यही व्यवस्थाका कारण हाल बैंकिङ कसुरसम्बन्धी मुद्दा उल्लेख्य बढेका छन् । तीमध्ये अधिकांश चेक बाउन्सका छन् । चेक बाउन्सका...