काठमाडौं । बैंकहरुले निक्षेप तान्न ब्याजदर बढाएपनि पछिल्लो समय बैंक तथा वित्तिय संस्थाको निक्षेप घटिरहेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विवरण अनुसार असारमसान्तसम्म ५७ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप रहेकोमा भदौ १४ गतेसम्म आइपुग्दा सो निक्षेप साढे १ खर्बले घटेको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तिय संस्थाको निक्षेप १ […]
पछिल्लो एक सातामा वाणिज्य बैंकहरुको निक्षेप ८ अर्बले घटेको छ । दसैंअघि असोज १४ गतेसम्म वाणिज्य बैंकहरुमा ४५ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा दसैंपछि असोज २१ गते ४५ खर्ब ११ अर्ब रुपैयाँमा झरेको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ ।
काठमाडौं । साउनमा वाणिज्य बैंकहरूमा एक खर्ब आठ अर्ब रुपैयाँ निक्षेप घटेको छ । साउन १ गतेदेखि ३१ गतेसम्म वाणिज्य बैंकहरूमा निक्षेप घटेको हो ।
असार ३१ गतेसम्म ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकल भएकोमा साउन ३१ गतेसम्म आइपुग्दा निक्षेप घटेर ४४ खर्ब ३३ अर्ब पुगेको छ ।
तर, पछिल्लो एक...
पुस महिनामा पनि बैंकहरूको निक्षेपमा सुधारको संकेत देखिएको छैन । नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार पुसको पहिलो ९ दिनमा दुई अर्ब निक्षेप घटेको छ । मंसिर मसान्तसम्म ४२ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप रहेकोमा पुस ९ गतेसम्म आउँदा ४२ खर्ब ३५ अर्बमा झरेको छ ।
बैंक तथा वित्तीय संस्थामा निक्षेपको मात्रा घट्दै गएको छ । गत कात्तिक मसान्तमा रु ४२ खर्ब ३३ अर्ब रहेको निक्षेप यही मङ्सिर ३ गतेसम्म आइपुग्दा रु ४२ खर्ब २६ अर्बमा झरेको छ ।
गत कात्तिक मसान्तसम्म रु ४० खर्ब ३४ अर्ब बराबरको ऋण लगानी भएकामा मङ्सिर ३ गतेसम्म आइपुग्दा त्यो बढेर रु ४० खर्ब ४१ अर्ब बराबर पुगेको छ । यस आधारमा तीन दिनमा नै निक्षेप रु सात अर्बले घटेको देखिन्छ भने रु सात अर्बले नै कर्जा लगानी भएको नेपाल बैंकर्स सङ्घले जनाएको छ । सङ्घले लगातार निक्षेप र कर्जाको अवस्थाका बारेमा जानकारी गराउँदै आएको छ ।
गत साउन मसान्तमा व...
काठमाडौं : वाणिज्य बैंकहरूमा तरलता संकट अझै गहिरिएको छ।वाणिज्य बैंकहरूको निक्षेप गएको साता १५ अर्ब रूपैयाँ घटेको छ। वाणिज्य बैंकहरूको निक्षेप कात्तिक १८-२६ सम्ममा १५ अर्ब रूपैयाँ घटेको हो।नेपाल बैंकर्स एसोसिएशनका अनुसार कात्तिक १८ गते बैंकहरूको निक्षेप ४२ खर्ब ३८ अर्ब रूपैयाँ रहेकोमा कात्तिक २६ गते १५ अर्ब रूपैयाँले घटेर ४२ खर्ब २३ अर्बमा सीमित भएको छ। यसमध्ये विदेशी मुद्राको निक्षेप ३ अर्ब रूपैयाँ घटेको छ।पछिल्ला ९ दिनमा बैंकहरूले थप ३ अर्ब मात्र कर्जा प्रवाह गरेका
दशैंलगत्तै पाँच दिनमै २७ वाणिज्य बैंकबाट २० अर्ब निक्षेप घटेको छ । निक्षेप घट्नुले लगानीयोग्य रकममा बैंकहरु झनै असहज अवस्थामा पुगेको संकेत गर्छ । नेपाल बैंकर्स एसोसिएसनको तथ्याङ्कअनुसार असोज ३१ गतेसम्म २७ बैंकमा ४२ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा कात्तिक ५ गते घटेर ४२ खर्ब ४९ अर्ब कायम भएको छ । स्वदेशी र विदेशी मुद्रामा संकलन हुने निक्षेपमध्ये विदेशी मुद्रा मात्रै १६ अर्ब घटेको संघले जनाएको छ ।
पछिल्ला तीन सातायता वाणिज्य बैंकहरूमा निक्षेप निरन्तर घट्दो छ । गत असार मसान्तदेखि शुक्रबारसम्म वाणिज्य बैंकहरूको निक्षेप करिब ६१ अर्ब रुपैयाँ घटेको राष्ट्र बैंकको तथ्यांक छ । यस अवधिमा आयात उच्च दरले बढेको, रेमिट्यान्स घटेको र विदेश जाने नेपाली बढेकाले बैंकमा निक्षेप कम भएको बताइएको छ ।