पछिल्ला तीन सातायता वाणिज्य बैंकहरूमा निक्षेप निरन्तर घट्दो छ । गत असार मसान्तदेखि शुक्रबारसम्म वाणिज्य बैंकहरूको निक्षेप करिब ६१ अर्ब रुपैयाँ घटेको राष्ट्र बैंकको तथ्यांक छ । यस अवधिमा आयात उच्च दरले बढेको, रेमिट्यान्स घटेको र विदेश जाने नेपाली बढेकाले बैंकमा निक्षेप कम भएको बताइएको छ ।