काठमाडौं : वाणिज्य बैंकहरूमा तरलता संकट अझै गहिरिएको छ।वाणिज्य बैंकहरूको निक्षेप गएको साता १५ अर्ब रूपैयाँ घटेको छ। वाणिज्य बैंकहरूको निक्षेप कात्तिक १८-२६ सम्ममा १५ अर्ब रूपैयाँ घटेको हो।नेपाल बैंकर्स एसोसिएशनका अनुसार कात्तिक १८ गते बैंकहरूको निक्षेप ४२ खर्ब ३८ अर्ब रूपैयाँ रहेकोमा कात्तिक २६ गते १५ अर्ब रूपैयाँले घटेर ४२ खर्ब २३ अर्बमा सीमित भएको छ। यसमध्ये विदेशी मुद्राको निक्षेप ३ अर्ब रूपैयाँ घटेको छ।पछिल्ला ९ दिनमा बैंकहरूले थप ३ अर्ब मात्र कर्जा प्रवाह गरेका
दशैंलगत्तै पाँच दिनमै २७ वाणिज्य बैंकबाट २० अर्ब निक्षेप घटेको छ । निक्षेप घट्नुले लगानीयोग्य रकममा बैंकहरु झनै असहज अवस्थामा पुगेको संकेत गर्छ । नेपाल बैंकर्स एसोसिएसनको तथ्याङ्कअनुसार असोज ३१ गतेसम्म २७ बैंकमा ४२ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा कात्तिक ५ गते घटेर ४२ खर्ब ४९ अर्ब कायम भएको छ । स्वदेशी र विदेशी मुद्रामा संकलन हुने निक्षेपमध्ये विदेशी मुद्रा मात्रै १६ अर्ब घटेको संघले जनाएको छ ।