नेपाल समाचारपत्र, काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा मैतीेदेवीमा पुनर्निर्माण हुन लागेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘कविकुञ्ज’लाई ‘महाकवि देवकोटा सङ्ग्रहालय’का रूपमा पुनर्निर्माण गर्ने कार्यको थालनी भएको छ । बिहीबार मध्याह्न १२ बजेर २५ मिनेटको शुभसाइतमा वैदिक विधिअनुसार प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले ‘महाकवि देवकोटा सङ्ग्रहालय’ भवन पुनर्निर्माण कार्यको शिलान्यास गर्नुभयो । शिलान्यासअघि मैतीदेवी मन्दिरमा प्रज्ञा–प्रतिष्ठानका तर्फबाट क्षमापूजासमेत गरिएको थियो […]