उद्धारमा सघाउन थर्मल इमेजिङ क्यामेरा हस्तान्तरण

पोखरा – विपदको बेला उद्धारमा सघाउनलाई कर्मा फ्लाइटस् फाउण्डेसनले थर्मल इमेजिङ क्यामेरा हस्तान्तरण गरेको छ। कर्मा फ्लाइटस् फाउन्डेसनले नवौं साधरणसभा तथा पाँचौ अधिवेशनको अवसर पारेर मंगलबार उद्धारमा संलग्न सरोकारवालालाई ५ थान क्यामेरा हस्तानतरण गरेको हो। जिल्ला विपद् व्यवस्थापन समिति कास्की र मुस्ताङ, नेपाल रेडक्रस सोसाइटी कास्की, छोमरोङ पर्यटन विकास समिति र सशस्त्र प्रहरी बलको कालिका […]

सम्बन्धित सामग्री

हिमालयन बैंकद्वारा वीरगन्ज प्रहरीलाई क्यामेरा

हिमालयन बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी कार्यालय वीरगंज ‘गोप्रो हिरो–१२’ क्यामेरा खरिद गरी हस्तान्तरण गरेको छ।

हिमालयन बैंकद्वारा प्रहरी परिसरलाई सहयोग

हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी परिसर काठमाडौंलाई दुई लाख ६७ हजार पाँच सय रूपैयाँ बराबरको ‘इन्स्टा ३६० चेस्ट स्ट्राप’ सहित पाँच थान ‘गोप्रो हिरो ९’ क्यामेरा हस्तान्तरण गरेको छ।...

राष्ट्रिय वाणिज्य बैंकको सीसीटीभी क्यामेरा सहयोग

रौतहट । राष्ट्रिय वाणिज्य बैंक गरुडा शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सीसीटीभी क्यामेरा सहयोग गरेको छ । बैंकले रौतहटको गरुडा नगरपालिका–८ जिंगडियामा रहेको नेपाल पुलिस स्कूललाई आठओटा सीसीटीभी क्यामेरा सहयोग गरेको हो । बैंकका शाखा प्रबन्धक अरबिन्दकुमार झाले स्कुलकी प्राचार्य विना झालाई सीसीटीभी क्यामेरा हस्तान्तरण गरेका हुन् । सुरक्षालाई दृष्टिगत गर्दै विद्यालयलाई सीसीटीभी उपलब्ध गराइएको प्रबन्धक झाले बताए । यसैगरी बैंकले ‘ग्लोबल मनी वीक २०२३’को अवसरमा वित्तीय साक्षरता कार्यक्रम पनि सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बैंकिङ कारोबार, डिजिटल कारोबारको बारेमा जानकारी गराइएको बताइएको छ ।

कैलालीमा जडान गरिएका सिसीटिभी क्यामेरा डेढ वर्षमै बिग्रिए

कैलाली । कैलालीको चिसापानीदेखि कन्चनपुरको गड्डाचौकीसम्म राखिएका सिसीटिभी क्यामेरा बिग्रिएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले राजमार्गमा हुने दुर्घटना तथा शान्ति सुरक्षा निगरानीका लागि भन्दै राखिएका सिसीटिभी क्यामेरा बिग्रिएका हुन । शान्ति सुरक्षाका लागि राखिएका सिसीटिभी क्यामेरा प्रहरीलाई हस्तान्तरण गरेपनि मर्मतका लागि बजेट नहुँदा समस्या भएको प्रहरी भनाई छ । झण्डै डेढ वर्ष अगाडि सुदूरपश्चिम प्रदेश […]

ज्योति विकास बैंकद्वारा सीसीटीभी क्यामेरा सहयोग

काठमाडौं (अस) । ज्योति विकास बैंकले काठमाडौं महानगरीय प्रहरी वृत्त लैनचौरलाई सीसीटीभी क्यामेरा सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘हाम्रो विकास प्रवद्र्धन कोष’ मार्फत सहयोग गरेको हो । बिहीवार लैनचौर प्रहरी वृत्तमा एक कार्यक्रमका बीच बैंकका सहायक महाप्रबन्धक रामहरि आचार्य र बैंकका बालाजु शाखा प्रबन्धक राकेश डंगोलले संयुक्त रूपमा हस्तान्तरण गरेका हुन् । महानगरीय प्रहरी वृत्त लैनचौरका प्रहरी नायब उपरीक्षक दुर्गाप्रसाद दाहाललाई संयुक्त रूपमा क्यामेरा हस्तान्तरण गरिएको बैंकले जानकारी दिएको छ । बैंकले महानगरीय प्रहरी वृत्त कार्यालयको हिरासतमा रहेका थुनुवाहरूको सुरक्षा, कार्यालयको आन्तरिक सुरक्षा र नागरिकलाई पारदर्शी सेवा प्रदान गर्न सहयोग पुर्‍याउने उद्देश्यले सो सहयोग गरिएको उल्लेख गरेको छ । स्थानीय स्तरमा रहेका सम्भावनाहरूको पहिचान गरी उजागर गर्न सहयोगी बन्ने उद्देश्यले बैंकले ‘हाम्रो विकास प्रवद्र्धन कोष’ खडा गरेको छ । उक्त कोषमार्फत बैंकले विभिन्न सामाजिक उत्तरदायित्व सम्बन्धी विभिन्न कार्य गर्दै आएको छ । बैंकले हाल ११६ शाखा कार्यालय, एक एक्सटेन्सन काउन्टर र तथा ६४ ओटा एटीएममार्फत सेवा दिँदै आएको छ ।

प्रहरीलाई सवारीसाधन, ड्रोन लगायतका सामाग्री हस्तान्तरण

वीरगञ्ज – प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद शाहले नेपाल प्रहरीलाई सवा चार करोड रुपैयाँ बराबरका सवारीसाधन लगायतका सामाग्री हस्तान्तण गरेका छन्। हस्तान्तरण गरिएमा सामग्रीमा ड्रोन क्यामेरा, बारुण यन्त्र, मोबाइल पिकअप भ्यानलगायत छन्। त्यसले प्रदेशमा सुरक्षा व्यवस्था चुस्त बनाउन सहयोग गर्ने मन्त्री शाहले बताए। साथै, विपद्मा परेकालाई सहयोग गर्न पनि सघाउ पुग्ने मन्त्री […]

सिसिटिभी क्यामेरा हस्तान्तरण

पर्सा क्षेत्र नं. १ का सांसद प्रदीप यादवले वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्तालाई १० लाख बराबरको २१ थान सिसिटिभी क्यामेरा हस्तान्तरण गरेका छन् ।सांसद यादवले आफ्नो संसदीय कोषबाट व्यवस्थित एवम् सुरक्षित वीरगञ्जको अवधारणा अनुसार वीरगञ्ज उद्योग वाणिज्य संघको अगुवाईमा स्थानीय प्रशासन, प्रहरी र को सहकार्यमा गठित सेफर वीरगञ्ज २१ थान सिसिटिभी क्यामेरा हस्तान्तरण […]

सोलार सिस्टम र सीसीटिभी क्यामेरा हस्तान्तरण

२४ असार, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकको वित्तीय सहयोगमा उग्रचण्डी भगवती मन्दिर नाला, काभ्रेपलाञ्चोकमा जडान गरिएको सोलारवत्तीहरु तथा सीसीटिभी क्यामेराहरु उग्रचण्डीनाला समाजलाई हस्तान्तरण गरिएको छ । पुर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सूचना तथा संचार मन्त्री गोकुल बासकोटा, एमाले सांसद श्रीमती शिला श्रेष्ठ र राष्ट्र बैंकका डेपुटी …