सिसिटिभी क्यामेरा हस्तान्तरण

पर्सा क्षेत्र नं. १ का सांसद प्रदीप यादवले वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्तालाई १० लाख बराबरको २१ थान सिसिटिभी क्यामेरा हस्तान्तरण गरेका छन् ।सांसद यादवले आफ्नो संसदीय कोषबाट व्यवस्थित एवम् सुरक्षित वीरगञ्जको अवधारणा अनुसार वीरगञ्ज उद्योग वाणिज्य संघको अगुवाईमा स्थानीय प्रशासन, प्रहरी र को सहकार्यमा गठित सेफर वीरगञ्ज २१ थान सिसिटिभी क्यामेरा हस्तान्तरण […]

सम्बन्धित सामग्री

कलेज अफ एप्लाइड बिजनेसद्वारासिसिटिभी सहयोग

काठमाडौं। कलेज अफ एप्लाइड बिजनेसले समाजको सुरक्षाका लागि भन्दै गंगाहिटी प्रहरी प्रभागलाई सिसिटिभी क्यामेरा प्रदान गरेको छ । काठमाडौं महानगरपालिका–७ गंगाहिटीमा रहेको उक्त कलेजले बिहीवार गंगाहिटी प्रहरी प्रभागलाई ५ थान सिसिटिभी क्यामेरा र एक थान एनभिआर प्रदान गरेको हो । कलेजका प्राचार्य रमेश पाण्डेले सामाजिक उत्तरदायित्व वहन गर्दै सिसिटिभी सहयोग गरिएको बताए । कलेज तथा प्रहरी प्रभाग वरपर सुरक्षा जोखिम रहेको भन्दै उनले उक्त सहयोगले सुरक्षा संयन्त्रमा टेवा पुग्ने अपेक्षा गरे । सिसिटिभी प्रदान तथा जडान प्रहरी समुदाय साझेदारी कार्यक्रम अन्तर्गतको अंश रहेको प्रहरी निरीक्षक रमेश शर्माले बताए । समाजमा हुने अपराध नियन्त्रणमा सिसिटिभी अनिवार्य भइसकेको भन्दै उनले उक्त कलेजको सहयोग महत्त्वपूर्ण रहेको बताए । सिसिटिभी हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि वडा नं ७ का वडाध्यक्ष विमलकुमार होडाले प्रहरीले सदैव सेवक भई काम गर्नुपर्ने बताए । सिसिटिभी जडानपछि सो क्षेत्रमा शान्ति, सुरक्षा कायम गर्न ठूलो सहयोग पुग्ने उनको विश्वास छ ।