हिमालयन बैंकद्वारा प्रहरी परिसरलाई सहयोग

हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी परिसर काठमाडौंलाई दुई लाख ६७ हजार पाँच सय रूपैयाँ बराबरको ‘इन्स्टा ३६० चेस्ट स्ट्राप’ सहित पाँच थान ‘गोप्रो हिरो ९’ क्यामेरा हस्तान्तरण गरेको छ।...

सम्बन्धित सामग्री

हिमालयन बैंकद्वारा बाल अस्पताल एवं बृद्धाश्रमलाई सहयोग

हिमालयन बैंक Himalayan Bank Limited ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुर उपमहानगर पालिका, भिमसेनस्थान–७ स्थित “सिद्धि स्मृति प्रतिष्ठान 'सिद्धि स्मृति महिला तथा बाल अस्पताल एवं बृद्धाश्रम” लाई सहयोग प्रदान गरेको छ । बैंकले सहयोग स्वरुप उक्त अस्पताल तथा बृद्धाश्रमलाई बाह्र हजार थान बहिरङ्ग दर्ता किताब  प्रदान गरेको छ । वि.सं. २०५९ मा स्थापित उक्त अस्पताल भक्तपुर क्षेत्रकै एक प्रतिष्ठित अस्पताल हो । अस्पतालले विशेषतः बाल स्वास्थ्य, प्रसूति तथा स्त्रीरोग सम्बन्धि सेवा प्रदान गर्दै आएको छ । विभिन्न स्वदेशी तथा विदेशी दाताहरुको सहयोगमा संचालित यस प्रतिष्ठानले अस्पतालका साथै बृद्धाश्रम समेत संचालन गरिरहेको छ ।  बैंकका तर्फबाट बैंकका सहायक महाप्रबन्धक श्री विपिन हाडाले उक्त सहयोग सामग्रीहरु प्रतिष्ठानका प्रशासन प्रमुख अनिल राजभण्डारीलाई एक समारोहका बीच हस्तान्तरण गरेका हुन्।

हिमालयन बैंकद्वारा गंगालाल अस्पताललाई आर्थिक सहयोग

काठमाडौँ– हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्यले बाँसवारीस्थित ‘सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग प्रदान गरेको छ। बैंकले सो अस्पतालमा सेवा लिन आउने सेवाग्राहीका लागि वार्ड मर्मत गरी उचित सेवा प्रदान गर्न ६ लाख ९२ हजार ९ सय ८२ रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको हो। अस्पतालमा भएको उक्त वार्ड […]

हिमालयन बैंकद्वारा भ्याली प्रिजर्भेसन ट्रष्टलाई १ करोड रुपैयाँ सहयोग

काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पाटन दरवार क्षेत्रमा भएको पुरातात्विक महत्वको मन्दिर पुनर्निर्माण गर्न काठमाडौं भ्याली प्रिजर्भेसन ट्रष्टलाई १ करोड रुपैयाँ सहयोग रकम प्रदान गरेको छ ।