ताइवान मामिलामा चीनले खोज्यो नेपालको साथ

चीनले ताइवान मामिलामा नेपालको समर्थन खोजेको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ताइवान मामिलामा नेपालको समर्थन कायमै रहने विश्वास व्यक्त गरेकी हुन् । नेपालबाट एक चीन नीतिको समर्थन र ताइवान स्वतन्त्रताको दृढ स्वरमा विरोधको आफ्नो देशले प्रशंसा गर्ने उनको भनाइ छ । ‘एक चीन नीति चीन–नेपाल सम्बन्धको आधार हो । नेपाल सरकार र नेपाली नागरिकले यस नीतिलाई समर्थन गरिरहनेमा हाम्रो विश्वास छ’, उनले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल र चीन एकअर्काको सार्वभौमसत्त