केही अमेरिकी राजनीतिज्ञको ताइवान भ्रमणका बीच चीनले फेरि एकपटक सैन्य अभ्यास गरेको छ । चीनले ताइवान नजिकै यो अभ्यास गरेको हो । केही दिन अघि मात्रै चीनले ताइवान वरपर चलिरहेको सैन्य अभ्यास रोकेको थियो । त्यसबेला अमेरिकाको प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले यो अभ्यास सुरु गरेको थियो ।अब चार अमेरिकी सांसद ताइवान पुगेका छन् । यी अमेरिकी राजनीतिज्ञहरू आइतबार कुनै घोषणा बिना ताइवान पुगेका छन् । भ्रमणका क्रममा उनले ताइवानका राष्ट्रपति ताइ इङ वेनसँग भेट गर्ने अपेक्षा गरिएको छ । च