काठमाण्डाै - यूईएफए नेसन्स लिगमा इटलीसँग पराजित हुँदा इङ्ग्ल्यान्ड रेलिगेसनमा परेको छ ।
समूह चरण अन्तर्गत गएराति मिलानोमा भएको खेलमा इटलीले इङ्ग्ल्यान्डलाई १–० गोलले हरायो । घरेलु टोली इटलीका लागि जियाकोमो रास्पाडोरीले खेलको ६८औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।
इटलीसँग हारेपछि इङ्ग्ल्यान्ड लिग ‘ए’ बाट लिग ‘बी’ मा घटुवा भएको छ । यो समूहको अर्को खेलमा हङ्गेरी जर्मनीलाई १–० ले हराउँदै शीर्ष स्थानमा छ । हङ्गेरी १० अङ्ककासाथ शीर्षस्थानमा, इटली ८ अङ्ककासाथ दोस्रो, जर्...