यूईएफए नेसन्स लिग फुटबलमा पोर्चुगलकाे फराकिलो जित

काठमाण्डाै - यूईएफए नेसन्स लिग फुटबलमा पोर्चुगलले फराकिलो जित निकालेको छ । समूह चरण अन्तर्गत गएराति भएको खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई ४–० गोलले हराएको हो । पोर्चुगलको जितमा डिएगो डालोटले दुई गोल गरे । ब्रुनो फर्नान्डेज र डिएगो जोटाले एक/एक गोल गरे । जितसँगै लिग 'ए' समूह २ को पोर्चुगल शीर्ष स्थानमा उक्लिएको छ । पोर्चुगलकाे ५ खेलमा १० अङ्क छ । चेक रिपब्लिक ४ अङ्क जोडेर पुछारमा छ । स्पेनको ८ तथा स्विट्जरल्यान्डको ६ अङ्क छ । यही समूहको अर्को खेलमा स्विट्जरल्यान्डले स्पेनलाई २–१ ले प...