काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमण दर बढेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेको छ । बुधवार विज्ञप्तिमार्फत स्वास्थ्य मन्त्रालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । मन्त्रालयले रात्रिकालीन व्यवसाय तथा रेस्टुरेन्टहरु राति ९ बजेपछि कडाइका साथ बन्द गर्न पनि अनुरोध गरेको छ । यस्तै मन्त्रालयले काठमाण्डौ, पोखरालगायत ठूला सहरमा विद्यालय जाने उमेर समूहमा पनि सङ्क्रमण बढ्दो रहेको भन्दै सम्पूर्ण शैक्षिक संस्थाहरुमा सङ्क्रमणको उच्च सतर्कता अपनाउन पनि अनुरोध गरेको छ । ‘जोख...