समस्यामा परेका तथा कम आयस्रोत भएकालाई लक्षित गरी राजधानीमा सस्तो र गुणस्तरीय खाना उपलब्ध गराउने गरी रेस्टुरेन्ट सञ्चालनमा आएको छ ।
‘हाम्रो टीम नेपाल’ नामक संस्थाले अनामनगरमा सस्तोमा खाना खुवाउने गरी रेस्टुरेन्ट खोलेको हो ।
सो संस्थाका अध्यक्ष विमल पन्तले ६५ रुपैयाँमा एक छाक सादा खाना खुवाउने गरी रेस्टुरेन्ट खोलिएको जानकारी दिए ।
सोही संस्थाले लकडाउनको समयमा समस्यामा परेकालाई खुल्ला मन्च लगायतका स्थानमा निःशुल्क खाना खुवाएको थियो ।