नेपाल–भारत व्यापार सम्झौताको नवीकरण

नेपालको प्रमुख व्यापारिक साझेदार भारतसँग देशले दशकौंदेखि ठूलो व्यापारघाटा बेहोर्दै आएको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष ०७३/७४ मा भारतबाट ६ खर्ब ४१ अर्ब ४२ करोड रुपैयाँको आयात भएकोमा यहाँबाट केवल ४१ अर्ब ६४ करोड रुपैयाँको मात्र निर्यात भई कुल व्यापारघाटा ५ खर्ब ९९ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ, जुन आर्थिक वर्ष ०६३/६४ मा आयाततर्फ १ खर्ब २९ अर्ब ३९ करोड रुपैयाँ र निर्याततर्फ ४० अर्ब ९७ करोड रुपैयाँ थियो ।