नेपालको वैदेशिक व्यापारको स्थिति

नेपाल–भारत व्यापार सन्धिअनुसार नेपालमा उत्पादन भएका सबैजसो वस्तुमा भारतीय बजारमा भन्सारमुक्त प्रवेश सुविधा प्राप्त छ, तर व्यावहारिक कठिनाइ विद्यमान देखिन्छ । नेपालको वैदेशिक व्यापारमा साढे चार दशकभन्दा अघिदेखि निर्यातको तुलनामा आयातको मात्रा बढी भई व्यापारघाटाको मात्रा बढ्दै आएको छ । आव सन् १९७५-७६ मा करिब १ अर्ब १९ करोड रुपैैयाँ निर्यात र करिब १ अर्ब […]

सम्बन्धित सामग्री

सात महिनामा नौ खर्बको वैदेशिक व्यापार गर्दा आठ खर्ब घाटा

चालु आर्थिक वर्ष २०८०/८१ को सुरुआती सात महिना अवधिमा मुलुकले कुल रू नौ खर्ब ८४ अर्ब ७७ करोडको वैदेशिक व्यापार गर्दा रू आठ खर्ब ११ अर्ब ११ करोड बराबरको घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिना अवधिको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार माघ मसान्तसम्ममा रू आठ खर्ब ९७ अर्ब ९४ करोड …

२०२३ मा भियतनामको वैदेशिक व्यापार ६८३ अर्ब अमेरिकी डलर

हनोई – भियतनामले सन् २०२३ मा ६८३ अर्ब अमेरिकी डलरको वैदेशिक व्यापारको रेकर्ड राखेको छ। यो परिमाण गत वर्षको तुलनामा ६.६ प्रतिशतले कम हो। यसैबीच २८ अर्ब अमेरिकी डलरको व्यापार बचत भएको पनि तथ्याङ्क कार्यालयले उल्लेख गरेको छ। विशेषगरी, निर्यात राजस्व ४.४ प्रतिशतले घटेर ३५५.५ अर्ब डलर रहेको छ भने आयात राजस्व वर्षको सोही अवधिमा ८.९ […]

रोकिएन वैदेशिक व्यापारको गिरावट

काठमाडौं– केन्द्रीय बैंकले अर्थतन्त्रका बाह्य सूचकांकमा सुधार देखिएको तथ्यांक सार्वजनिक गरे पनि मुलुकको बाह्य व्यापारमा आएको गिरावट रोकिएको छैन । अघिल्लो आर्थिक वर्षको सुरुदेखि नै निरन्तर ओरालो लागेको वैदेशिक व्यापार चालु आवमा पनि नरोकिएको हो । अघिल्लो आवमा जस्तै यो वर्ष दोहोरो अंकको गिरावट छैन । तर, चालु आवको साउन र भदौ दुवै महिनामा कुल […]

वैदेशिक व्यापार घाटामा १६ प्रतिशतले कमी

काठमाडौं । सरकारले आयातमा लगाएको प्रतिबन्धका कारण नेपालको वैदेशिक व्यापार घाटा कमी आएको छ । भन्सार विभागले सार्वजनिक गरेको ४ महिनाको वैदेशिक व्यापारको प्रतिवेदनअनुसार गएको वर्षको भन्दा यो वर्ष व्यापार घाटा झन्डै १६ प्रतिशतले घटेको छ । ४ महिनामा नेपालले ५ खर्ब ३२ अर्ब ६९ करोड रुपैयाँको वस्तु आयात गरेको छ । यो गएको वर्षको […]

वैदेशिक व्यापार २१ खर्ब २० अर्ब, बजेटकै हाराहारी व्यापार घाटा

९ साउन, काठमाडौं । नेपालको वैदेशिक व्यापारले नयाँ कीर्तिमान राखेको छ । भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को वाषिर्क तथ्यांक अनुसार नेपालको वैदेशिक व्यापारको आकार २१ खर्ब २० अर्ब ४७ करोड रुपैयाँ बराबरको भएको छ । यो गत आर्थिक वर्ष २०७७/७८ को तुलनामा २६.१५ प्रतिशत धेरै हो । सो आवमा वैदेशिक व्यापारको आकार […]

वैदेशिक व्यापार : उछालिएको नेपालको निर्यात कति भरपर्दो ?

भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो समय नेपालको निर्यात व्यापार सुधारिन थालेको छ । यसअघि, वार्षिक दशौं खर्बौं रूपैयाँको आयात गर्ने नेपालले वर्षभरिमा मुस्किलले एक खर्बको निर्यात गथ्र्यो । गत आर्थिक वर्ष २०७७/७८ मा निर्यात व्यापारको इतिहासमै पहिलो पटक नेपालबाट १ खर्ब ४१ अर्ब रुपैयाँको निर्यात भएको थियो । त्यसअघि, नेपालले वर्षभरिमा विदेशी मुलुकलाई एक खर्ब रूपैयाँको सामान पनि बेच्दैनथ्यो ।भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले चालू आर्थिक वर्ष २०७८/७९ को पाँच महिनाको अवधिमै एक खर्ब रूपैयाँभन्दा ब

वीरगञ्ज नाकाबाट बढ्यो वैदेशिक व्यापार

वीरगञ्ज । वैदेशिक व्यापार परिमाणका आधारमा मुख्य भन्सार वीरगञ्जबाट चालू आर्थिक वर्ष (आव) २०७८/७९ को ५ महीनामा आयात निर्यात कारोबार उल्लेख्य बढेको छ । भन्सार कार्यालयका अनुसार यस अवधिमा २ खर्ब ९० अर्ब ८५ करोड रुपैयाँको मालसामान आयात हुँदा ४९ अर्ब ४१ करोड रुपैयाँबराबरको स्वदेशी उत्पादन निकासी भएको छ । चालू आवको साउनदेखि मङ्सिरसम्मको अवधिमा यस भन्सारबाट कुल ३ खर्ब ४० अर्ब २६ करोड रुपैयाँबराबरको वैदेशिक व्यापार भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार यो व्यापार परिमाण गत आवको समीक्षा अवधिको तुलनामा ८७ प्रतिशत बढी हो । गत आवको उक्त अवधिमा कोरोना महामारी नियन्त्रणका लागि लगाइएको बन्दाबन्दी र निषेधाज्ञा परेकाले वैदेशिक व्यापार घटेकोमा चालू वर्ष व्यापार लयमा फर्किएको प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए । गत आवको शुरूको ५ महीनामा कुल वैदेशिक व्यापारको परिमाण १ खर्ब ८१ अर्ब रुपैयाँबराबर थियो । आयात तथा निर्यात दुवैतर्फको व्यापारमा दक्षिण छिमेकी भारत मुख्य साझेदार रहेको छ । यस अवधिमा भारतबाट मात्रै २ खर्ब ३ अर्ब रुपैयाँको मालसामान भित्रिएको छ । भारतमा निकासीतर्फ यो परिमाण ४७ अर्ब रुपैयाँ रहेको भन्सारको सूचना तथा प्रविधि शाखाको तथ्यांक छ । तुलनात्मक रूपमा वैदेशिक व्यापार बढेपछि त्यसको सकारात्मक प्रभाव भन्सारले उठाउने राजस्वमा पनि देखिएको पौडेलले बताए । ‘आयात निर्यात कारोबार बढेपछि भन्सारले उठाउने राजस्वमा त्यसको प्रभाव देखिएको छ । मङ्सिरसम्मको राजस्व लक्ष्यभन्दा ७ प्रतिशत बढी उठेको छ,’ पौडेलले भने । वीरगञ्ज भन्सारले चालू आवको ५ महीनामा ८८ अर्ब ६९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यस अवधिका लागि वीरगञ्ज भन्सारलाई ८२ अर्ब ६१ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य तोकिएको थियो । अघिल्लो वर्षको साउनदेखि मङ्सिरसम्मको अवधिको यस्तो राजस्व ५८ अर्ब १५ करोड रुपैयाँ उठेको थियो ।   वीरगञ्ज नाकाबाट मुख्य रूपमा पेट्रोलियम पदार्थ, सवारीसाधन, औद्योगिक कच्चा पदार्थ बढी आयात हुन्छ । निर्याततर्फ भटमासको तेल, फलफूलको जुस, जुत्ता, सूर्यमुखीको तेल, छाला, कपडालगायत वस्तु रहेको भन्सारले बताएको छ ।

नेपालको कूल वैदेशिक व्यापार १५ खर्बभन्दा माथि

काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८को पहिलो ११ महिनामा नेपालको कूल वैदेशिक व्यापारको आकार १५ खर्ब चार अर्ब ६१ करोड ८८ लाख ८३ हजार रुपैयाँ पुगेको छ। भन्सार विभागका अनुसार सो अवधिमा नेपालले १३ खर्ब ८३ अर्ब ३६ करोड ४९ लाख २४ हजार रुपैयाँको आयात र एक खर्ब २१ अर्ब २५ करोड ३९ लाख ५९ हजार रुपैयाँको निर्यात गरेको छ।

नेपालको वैदेशिक व्यापारको प्रवृत्ति

वैदेशिक व्यापारको प्रवृत्तिलाई सुधार गर्न रणनीतिक योजनाका साथ सरकार अघि नबढ्ने हो भने देशको अर्थतन्त्र धान्न नसकिने अवस्थामा पुग्न सक्छ । दुई वा दुईभन्दा बढी देशहरूबीच हुने व्यापारलाई विदेश व्यापार वा वैदेशिक व्यापार भनिन्छ । यसलाई अन्तर्राष्ट्रिय व्यापार पनि भनिन्छ । कुनै पनि देशको आर्थिक विकासमा वैदेशिक व्यापारको स्थान महत्वपूर्ण हुने भएकाले आज हरेक देशले […]