मितेरी पुलको मर्मतका लागि बन्द गरिएको तातोपानी नाका तीन सातापछि खुलेको छ । नाका खुलेसँगै मंगलबार ६ कन्टेनर चिनियाँ सामाग्री नेपाल भित्रिएका छन् ।
कोरोना संक्रमण सन्त्रास, नाका प्रति स्थानीयको फरक बुझाईलगायतका कारण पटक पटक बन्द भएको नाका पछिल्लो पटक मितेरी पुल मर्मतको लागि बन्द रहेको २१ दिनपछि मंगलबारबाट पुनः सुचारू भएको हो। चिनियाँ पक्षले नेपाल चीन सीमा मितेरी पुल मर्मतमा लागि २० दिनका लागि बन्द गरेको थियो । नाकाबाट मंगलबार छ कन्टेनर सामान नेपाल भित्रिएको भन्सार कार्यालयले जनाएको छ ।