तातोपानी नाकाको नियमितता

चीनसँगको प्रमुख नाका तातोपानी बन्द भएको लामो समयछि मानव आवागमनका लागि खुला भएपछि त्यहाँका स्थानीय विगतमा जस्तै चहलपहल हुनेमा आशावादी देखिएका छन् । तर, यो नाका सुचारु हुनेमा भने विश्वस्त हुने आधार देखिँदैन । नेपाल चीन सम्बन्धमा खासै समस्या देखिएको छैन र विवादका विषय पनि सतहमा आएका छैनन् । नेपालले एक चीन नीतिले बलियो समर्थन दिँदै आएको छ । तर, नेपालको यो समर्थनप्रति चीन आश्वस्त हुन नसकेको देखिन्छ । त्यही भएर उसले यदाकदा राजनीतिक नेतृत्वलाई यो प्रश्न उठाइरहेको हुन्छ । तातोपानी नाका सहज आवागमनको माध्यम थियो । सिन्धुपाल्चोकबासीलाई मात्रै चीन प्रवेशको सुविधा दिए पनि धेरै नेपाली खासासम्म पुग्थे । भारतीयहरू समेत चीन प्रवेश गरेको आशंकाकै कारण उसले यो नाका बन्द गराउन खोजेको देखिन्छ । त्यसैले तातोपानी नाका उसको प्राथमिकतामा नपरेको हो भन्ने देखिन्छ । प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमणका कारण यो नाका खुला गरिएको देखिन्छ । विगतमा नेपालका प्रधानमन्त्री, राष्ट्रपति वा विदेशमन्त्रीको भ्रमण वा नेपालले निकै कर गरेपछि केही समयका लागि कन्टेनरहरू आउन दिइन्थ्यो र पछि कडाइ गरिन्थ्यो । अहिले पनि तातोपानी नाकाबाट सहज रूपमा कन्टेनर आउन सकेको छैन । तातोपानी नाकाबारे नेपालले चीनसँग स्पष्टसँग कुरा राख्न सकेको देखिँदैन । यहाँका सांसदले यसलाई खुला गर्न बढी नै सक्रियता देखाएपछि चीनले केही समयका लागि खुला गरेको हुन सक्छ । यो नाका बन्द भएयता राष्ट्रपति र प्रधानमन्त्रीको चीन भ्रमण भएको छ । तर, यसलाई विगतमा झैं सञ्चालन गराउन पर्याप्त कूटनीतिक पहल भएको छैन ।  तातोपानी नाका नेपालका लागि विशेष छ । यस क्षेत्रको आर्थिक गतिविधिका लागि पनि यसको सहज सञ्चालन जरूरी छ । चीनको बजारसम्म नेपालीलाई जान दिँदा तातोपानी क्षेत्रको चहलपहल पुरानै अवस्थामा जान सक्छ । तर, नेपालको सम्बन्ध फराकिलो हुँदै जानुपर्नेमा उत्तरी नाका केही असहज हुँदै गएको छ । नेपालले यसको कूटनीतिक अर्थ निकालेर त्यसअनुसार चीनसँग पहल नगर्ने हो भने अन्य उत्तरी नाकाहरू खुल्न पनि गाह्रो हुनेछ । नेपालले चीनसँग उत्तरका विभिन्न नाकाहरू खुलाउने सम्झौता गरिसकेको छ र त्यसैअनुसार उत्तर–दक्षिण करिडोर मार्ग पनि बनाइरहेको छ । ती क्षेत्रमा चीनतर्फ पूर्वाधारहरू बनेको देखिन्छ भने नेपालतर्फ खासै प्रगति छैन । यसरी हेर्दा नेपालको तयारी पनि सही तरीकाले अगाडि नबढेको देखिन्छ । राष्ट्रिय आवश्यकता देखेर चीनसँग सम्झौतासमेत गरिसकेको अवस्थामा ती नाकामा पूर्वाधार नबनाउनु नेपालको कमजोरी हो । नेपालले पूर्वाधार बनाउँदैमा चीनले नाका सहज रूपमा खोल्नेमा विश्वास गर्ने आधार भने देखिँदैन । चीनले मानसरोवर जाने तीर्थयात्रीलाई अनुमति दिए पनि भारतीयलाई अनुमति दिएको छैन । नेपाल भएर हजारौं भारतीय मानसरोवर जाँदा नेपालको पर्यटनले राम्रै लाभ लिएको थियो । तर, अहिले रोकिएको छ । प्रधानमन्त्री दाहालको आसन्न चीन भ्रमणमा यस्ता विषयमा पनि ध्यान जानु आवश्यक छ । उत्तरी नाका सहज हुने हो भने नेपालबाट चीन निर्यात बढाउन सकिने आधार छ । उसले ८ हजारभन्दा बढी वस्तुलाई सहुलियत दिएको छ तर नाका सहज नहुँदा निर्यात भइरहेका वस्तुसमेत रोकिएको अवस्था छ । त्यसैले उत्तरी नाकामा रहेको यस्तो अनिश्चय हटाउन नेपालले कूटनीतिलाई बलियो बनाउन जरुरी छ ।

सम्बन्धित सामग्री

भूकम्पको आठ वर्षपछि खुल्यो तातोपानी नाका

काठमाडौं । भूकम्पपछि बन्द भएको तातोपानी नाका धेरैपटकको रस्साकस्सीपछि सर्वसाधारणका लागि पनि खुलेको छ । भूकम्पका कारणले बन्द भएको नाकालाई चीनले कोभिडलगायतका बहाना गर्दै आएको थियो । चिनियाँ सामान सहज रूपमा ल्याउन सकिने, सामान सस्तिने नेपालको चीनसँगको प्रमुख व्यापारिक नाकाका रूपमा रहेको तातोपानी नेपालको अनेकन प्रयासपछि खुलेको हो । आठ वर्षदेखि बन्द रहेको तातोपानी नाका […] The post भूकम्पको आठ वर्षपछि खुल्यो तातोपानी नाका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

तातोपानी नाका दुई महिनाभित्र मान्छेका लागि पनि खुला

आठ वर्षयता मालवस्तुका लागि मात्रै खुला तातोपानी नाका सेप्टेम्बरभित्र मान्छेका लागि पनि खोल्ने दुई देशबीच सहमति नेपाल र चीनबीचको पुरानो नाका तातोपानी (कोदारी) मानिसका लागि पनि खुला गरिने भएको छ । आठ...

तातोपानी नाका अझै पूर्ण सञ्चालनमा नआउने

नेपाल–चीन व्यापारिक कारोवार हुने उत्तरको मुख्य तातोपानी नाका सोमबारबाट दुईतर्फी सञ्चालनमा आउँदै छ। यद्यपी आठ वर्षदेखि बन्द रहेको मानवीय आवागमन भने अझै खुल्ने छैन।...

तातोपानी नाका पाँच दिनका लागि बन्द

काठमाडौं । उत्तरतर्फको दोस्रो ठूलो भन्सारका रूपमा चिनिने तातोपानी नाका पाँच दिनका लागि बन्द हुने भएको छ । नाका पूर्ण रूपमा खुलाउने तयारीका लागि चैत २८ देखि वैशाख २ गतेसम्म बन्द हुने भएको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ । यससँगै कार्गो आदानप्रदान तयारीका लागि जाङ्मु र तातोपानी बन्दरगाह चैत २८ गतेदेखि वैशाख २ गतेसम्म अस्थायी […]

तातोपानी नाका सुनसान

लामो समय तातोपानी नाका हुँदै चिनियाँ सामानको कारोबार गरेर नाम र दाम दुवै कमाएका अधिकांश व्यापारीले व्यवसाय परिवर्तन गरेका छन्।...

चीनद्वारा तातोपानी नाका बन्द

तिब्बतमा कोभिड सङ्क्रमण दर बढेको भन्दै तातोपानी नाका बन्द भएको छ । तीन दिनअघिदेखि उक्त नाकाबाट चिनियाँ सामान आयात भएको छैन । तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख नारद गौतमले बुधबारदेखि चीनबाट सामान आयात नभएको जानकारी दिए । तिब्बतमा कोभिड सङ्क्रमण दर बढेको भनिए पनि अब कहिले खुल्ने भन्नेबारे केही जानकारी नआएको उनले बताए । तिब्बतमा कोभिड सङ्क्रमण बढेर आयत रोकिएको भन्ने आफूलाई जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी वेदनिधि तिवारीले बताए । “खासा क्षेत्रमा ५८ जना

साझाका तीन वटा विद्युतीय बस तातोपानी नाका आइपुगे

काठमाडौँ– साझा यातायातका तीन वटा विद्युतीय बस तातोपानी नाका आइपुगेका छन्। ती बस चीनबाट तातोपानी नाका हुँदै नेपाल भित्रिएको तातोपानी सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिए। साझाले ल्याउन लागेका ४० वटा विद्युतीय बसमध्ये ३ वटा नेपाल आइपुगेका हुन्। प्रमुख भन्सार अधिकृत गौतमका अनुसार आजै भन्सार पास गरी लोडरमा राखेर […]

तातोपानी नाका व्यवस्थित गर्न चीनलाई सभामुख सापकाेटाको आग्रह

सभामुख अग्निप्रसाद सापकोटाले तातोपानी नाका व्यवस्थित रूपमा विस्तार गर्न चीनसँग आग्रह गरेका छन् ।

हिमपातले तातोपानी नाका अवरुद्ध

१४ पुस, काठमाडौं । भारी हिमपातका कारण चीन जोड्ने तातोपानी नाका अवरुद्ध भएको छ । तातोपानी नाकाको तल्लो तहमा मंगलबार रातिदेखि नियमित वर्षा भइरहेको र चीनतर्फको माथिल्लो भागमा हिउँले डाँडा ढाक्दा तातोपानी नाका अवरुद्ध बनेको तातोपानी भन्सार कार्यालय प्रमुख नारद गौतमले बताए । माथिल्लो भागमा हिउँ र तल्लो भागमा नियमित वर्षाका कारण नाका भएर हुने […]

बिहीबारदेखि तातोपानी नाका तीन साताका लागि बन्द हुने

७ माघ, काठमाडौं । बिहीबारदेखि तातोपानी नाका २० दिनका लागि बन्द हुने भएको छ । सीमामा रहेको मितेरी पुल पुर्ननिर्माण गर्न भोलि (२१ जनावरी) देखि नाका बन्द गरिने जानकारी चिनियाँ पक्षले गराएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । बाढीले क्षति पुर्‍याएको पुल पुनर्निर्माणका लागि २१ जनावरी बढीमा २० दिन नाका बन्द रहन सक्ने जानकारी चिनियाँ […]