काठमाडौं- त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदका लागि छनोट(सर्ट लिस्ट) भएका १४ जना उम्मेदवारहरुको आइतबार अन्तर्वार्ता हुँदैछ। कुल ४३ जना आवेदकमध्ये त्रिवी उपकुलपति सिफारिस समितिले अल्पसूचीमा परी प्रस्तुतीकरणमा सहभागी भएकाहरूको अन्तर्वार्ता लिन लागेको हो । सितिले जारी गरेको सूचना अनुसार अन्तर्वार्तामा आज बिहान साढे ८ बजेदेखि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरवारमा सुरु हुनेछ। समितिको सूचना अनुसार […]
३ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि आइतबार अन्तर्वार्ता हुने भएको छ । त्रिवि उपकुलपति सिफारिस समितिले अल्पसूचीमा परी प्रस्तुतिकरणमा सहभागी भएकाहरुको अन्तर्वार्ता आइतबार हुने जनाएको छ । समितिको सूचना अनुसार आइतबार बिहान साढे ८ बजेदेखि कुशुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौड्याल, टंकनाथ धमला र तीर्थराज खनियाँको अन्तर्वार्ता हुनेछ […]
काठमाडौँ– सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेको छ। निर्वाचन घोषणा भएसँगै उम्मेदवारहरु विभिन्न अन्तर्वार्ता तथा अन्तर्क्रियाहरुमा व्यस्त हुन थालेका छन्। यसैबीच आइतबार निर्वाचनलाई लक्षित गर्दै काठमाडौँमा मेयरका उम्मेदवारहरुबीच अन्तर्क्रिया भएको छ। गोदावरी एलुम्नाइ एसोशियसन (जीएए)ले कार्यक्रम आयोजना गरेको हो। विवेकशील साझाको तर्फबाट काठमाडौँ महानगरको मेयर पदमा उम्मेदवारी दिएकी समीक्षा बास्कोटाले […]
नेकपा एमाले ललितपुरले आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छान्न अन्तर्वार्ता लिन सुरु गरेको छ । एमाले ललितपुर क्षेत्र नम्बर १ ले आइतबार मात्र कोञ्ज्योसोम गाउँपालिकाका आकांक्षीसँग अन्तर्वार्ता लिएको छ ।अध्यक्षका आकांक्षी कृष्णमान लामा, कृष्ण सापकोटा र कविन्द्र लामा तथा उपाध्यक्षका आकांक्षी रनिता तामाङ र सुनिता तामाङसँग अन्तर्वार्ता लिइएको हो । क्षेत्र नम्बर १ मा मधुसुधन पौडेलको संयोजकत्वमा कार्यदल छ । सदस्यमा तारा सञ्जेल,नवराज सिलवाल र चेतनाथ सञ्जेल छन् ।एमाले अध्यक्ष पुरुषोत्तम आचार्यका
ललितपुर - नेकपा एमाले ललितपुरले आसन्न स्थानीय तहकाे निर्वाचनका लागि उम्मेदवार छान्न अन्तर्वार्ता लिन सुरु गरेको छ । एमाले ललितपुर क्षेत्र नम्बर १ले आइतबार मात्र कोञ्ज्योसोम गाउँपालिकाका आकांक्षीसँग अन्तर्वार्ता लिएकाे हो ।
अध्यक्षका आकांक्षी कृष्णमान लामा, कृष्ण सापकोटा र कविन्द्र लामा तथा उपाध्यक्षका आका...
काठमाडौँ । न्याय सेवा आयोगले न्याय सेवाका ११ जना सहसचिव, ४० उपसचिव र १३४ जना अधिकृत गरी १८५ कर्मचारीको सरुवा गरेको छ । आइतबार बसेको आयोगको बैठकले न्याय सेवाका धेरै कर्मचारीको एकै पटक सरुवा गरेको हो । बैठकले जिल्ला न्यायाधीशको परीक्षा उतीर्ण गरेका दुई जनालाई जिल्ला न्यायाधीशमा सिफरिस गरेको छ । लिखित परीक्षा र अन्तर्वार्ता […]
काठमाडौँ– नायव सुब्बाका उम्मेदवारहरूले अन्तर्वार्ता परीक्षा तत्काल सञ्चालनको माग गर्दै लोकसेवा आयोगको केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् । लिखित परीक्षामा उत्तीर्ण गरेका नायव सुब्बाका उम्मेदवारहरूले अन्तर्वार्ता तत्काल लिन माग गर्दै आइतबार धर्ना दिएका हुन् । परीक्षार्थीहरूले लोकसेवाको उदासिनताका कारण आफूहरूको भविष्य अन्यौलमा परेको गुनासो गरेका छन् । यसअघि अदालतमा मुद्दा परेपछि गत भदांैदेखि नासुको अन्तर्वार्ता […]
नेपाल धितोपत्र बोर्डले करिब ५ महिनापछि नेतृत्त्व पाउने भएको छ। अन्तिम ५ जनामा परेकाहरुको अन्तर्वार्ता सकेर आगामी सोमबारको मन्त्रिपरिषद बैठकले नियुक्ति गर्ने भएसंगै करिब ५ महिनापछि बोर्डले नेतृत्त्व पाउने अवस्था बनेको हो। सत्ता साझेदारदल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच नेप्से र धितोपत्र बोर्डको भागबण्डा मिलेपछि धितोपत्र बोर्ड अध्यक्षमा पनि छिटो नियुक्ति हुने भएको हो। अध्यक्ष छनौट गर्न बनाइएको समितिले शुक्रबार पाँच जनाको नाम सर्टलिष्टिङ गरेको छ। ५ जनामा निरज गिरी, गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, रमेशकुमार हमाल र कृष्णराज पोखरेल रहेका छन्। छनोट भएका ५ जनामध्येबाट अन्तर्वार्ता लिएर सिफारिस समितिले ३ जनाको नाम सिफारिस गर्ने छ। ती मध्येबाट मन्त्रिपरिषदको बैठकले एक जनालाई बोर्डको अध्यक्ष नियुक्त गर्नेछ। सर्टलिष्टिङ गरेको छ। १५ जनामध्येबाट पाँच जनाको नाम छनोट गरेको हो। सर्टलिष्टिङमा परेकाहरुलाई आगामी साता आइतबार अन्तर्वार्ता लिने र लगत्तै उनीहरु मध्ये तीन जनाको नाम सर्टलिष्टिङ गरी अध्यक्ष नियुक्तिका लागि सोमबारको मन्त्रिपरिषदमा पठाइने र सोहिदिन नै एक जनालाई अध्यक्ष नियुक्त गरिने स्रोतले जनाएको छ।आबेदन र अन्तर्वाता नाटक मात्रैनियमन निकाय जस्तो ठाउँमा योग्य ठानिएका तीन जनाको नाम सम्बन्धित मन्त्रालयको मन्त्रीले मन्त्रीपरिषदमा लैजाने र त्यसमध्ये एक जनालाई नियुक्ति दिने अभ्यास रहेको छ। तर नेपाल स्टक एक्सचेन्ज र नेपाल धितोपत्र बोर्डमा यस अगाडी र अहिलेको नियुक्तिमा भने आबेदन खुला गरेर इच्छुकलाई आबेदन दिन लगाईएको छ। तर जानकारहरु भने आबेदन, प्रस्तुति र अन्तर्वार्ता जस्ता प्रकृयाहरु नाटक मात्रै भएको र यस्तो प्रवृति गलत भएको बताउँछन्। नियमन निकाय जस्तो ठाउँमा आफुलाई योग्य र क्षमतावान लाग्ने व्यक्तिलाई सरकारले नियुक्ति दिनुपर्ने जानकारहरु बताउँछन्। आबेदन खुलाएर आबेदन दिन लगाउने कार्य 'हास्यासपद' भएको उनीहरुको भनाई छ। धितोपत्र बोर्डको अध्यक्षबाट बर्खास्त गरिएका भिष्म ढुंगाना र नेप्सेको सीईओ पदबाट राजिनामा दिएका चन्द्र सिंह साउदको पालादेखि यस्तो 'नाटक' सुरु भएको बताइन्छ। कसलाई नियुक्ती दिने भन्ने पहिल्यै टुंगो लगाईसके पनि प्रक्रियागत रुपमा ल्याईएको भनेर देखाउनलाई मात्र आबेदन माग गरिने गरिएको र यस्तो प्रवृतिले क्षमतावान र योग्य व्यक्तिहरुमा राज्यप्रति बिश्वास गुम्ने भएकाले यस्तो नाटक गर्न नहुने जानकारहरु बताउँछन्। नेप्सेको सीईओ नियुक्तीमा अन्तिम ५ जनामा निरन्जन फुयाँल जस्तो व्यक्ति नपर्नु र धितोपत्र बोर्डको ५ जनाको नाममा १५ जना मध्येका सक्षम व्यक्ति नपर्नुले पनि आबेदन र अन्तर्वार्ता जस्ता कुराहरु देखावटी मात्रै भएको जानकारहरुको दाबी छ। पहिल्यै राजनीतिक भागबण्डा लागिसकेको हुनाले नेप्सेमा माओवादी निकट कृष्णबहादुर कार्की नियुक्त हुनुले अब धितोपत्र बोर्डमा कांग्रेसले चाहेको व्यक्ति मात्रैले नियुक्ति पाउने निश्चित भएकाले यहाँ नियमन निकायको प्रमुख नियुक्ति गर्दा आबेदन र अन्तर्वार्ता बीनानै सिधै सिफारिस गरेर नियुक्ति गरिनुपर्ने जानकारहरु बताउँछन्।
अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रमुख कार्यकारी अधिकृत नियुक्तिको लागि ५ जनाको नाम सर्ट लिस्ट गरेको छ । मन्त्रालयले गठन गरेको छनौट तथा सिफारिस समितिले ११ जना आवेदक मध्येबाट ५ जनाको नाम सर्टलिस्ट गरेको हो । जस अनुसार समितिले कृष्ण बहादुर कार्की, डा. केशव बहादुर श्रेष्ठ, प्रविण पन्दाक, रमेश घिमिरे र डा, रमेशकुमार भण्डारीको नाम सर्ट लिस्ट गरेको हो । आवेदकहरूको शैक्षिक योग्यता र व्यावसायिक कार्ययोजनाको परीक्षणबाट प्राप्ताङ्कको प्राथमिकताका आधारमा सर्ट लिस्ट गरिएको समितिले जनाएको छ । अब यी ५ जनाले व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ता दिनु पर्ने छ । समितिले पुस २५ गते आइतबार अन्तवार्ताको मिति तय गरेको छ।सर्ट लिस्टमा परेका मध्ये रमेश घिमिरेको नै सम्भावना बढी रहेको स्रोतको भनाई छ। पहिले नेपाल एसबिआईको र अहिले एनसेलको कम्पनी सचिव भएकाले पनि घिमिरेलाई आफ्नो नेप्से प्रमुख बनाउन ठूला खेलाडी लागि परेको बताइन्छ। नेप्सेको सीईओका लागि ११ जनाले आवेदन दिएका थिए। आवेदन दिनेमा नेप्सेका हालका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल, उपप्रबन्धक प्रविन पन्दाक, जीवन अमगाई, केशव कुमार श्रेष्ठ, बद्री प्रसाद प्याकुरेल, डा. रमेश कुमार भण्डारी, कृष्ण बहादुर कार्की, दिपक गौतम, गोविन्द प्रसाद दाहाल, रमेश घिमिरे र छवीराज पन्त रहेका थिए। नेप्सेका सीइओ चन्द्र सिंह साउदले राजिनामा दिएपछि उक्त पद रिक्त छ ।
भारतीय टेलिभिजन च्यानल जी न्युजका प्रधानसम्पादक सुधीर चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिएका छन् । शनिबार तीन जनाको टोलीसहित काठमाडौं ओर्लिएका सुधीरले आइतबार बालुवाटार पुगेर ओलीको अन्तर्वार्ता लिएका हुन् ।