सरकारले बजेटमार्फत उपभोक्तालाई राहतस्वरुप खाना पकाउने एलपी ग्यासमा दिएको विभेदपूर्ण छुटको नेपाल एलपी ग्यास उद्योग संघले विरोध जनाएको छ । हाल कोभिड–१९ को विषम परिस्थितिमा उपभोक्ता केन्द्रित खाना पकाउने एलपी ग्यासमा अधिकतम २० प्रतिशतको छुटको व्यवस्था गरेर सरकारले उदाहरणीय काम गरेतापनि ९९ प्रतिशत ग्राहकलाई छुटबाट बञ्चित गरेको भन्दै संघले विरोध जनाएको हो । सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै संघले ९९ प्रतिशत उपभोक्ताहरूलाई छाडेर १ प्रतिशत उपभोक्ता मात्र भएको सरकारी निकायले बिक्री व