पेट्रोलियम व्यवसायी आन्दोलनमा

इन्धन आपूर्ति र ढुवानी गर्ने व्यवसायीले विभिन्न माग राखेर आन्दोलनको घोषणा गरेका छन् । राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिमा आवद्ध नेपाल पेट्रोलियम डिलर्स एसोसिएसन नेपाल, एलपी ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले संयुक्त रुपमा आन्दोलनको घोषणा गरेका हुन् ।

सम्बन्धित सामग्री

पेट्रोलियम व्यवसायी फुटे, केदार पाठकको नेतृत्वमा पेट्रोलियम व्यवसायी संघ गठन

देशभरका १५ सय भन्दा बढी पेट्रोलपम्प व्यवसायीको छाता संस्था पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनमा आवद्ध व्यवसायीहरु विभाजित भएका छन्। एसोसिएनका अध्यक्ष लिलेन्द्र प्रधानले नेतृत्व गरेको कार्यसमितिले व्यवसायीको हक, हितमा काम गर्न नसकेको...

पेट्रोलियम पदार्थको मूल्यलाई राजनीतिक बनाइयो : व्यवसायी

२६ पुस, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थलाई राजनीतिक विषय बनाएको भन्दै व्यवसायीहरुले आपत्ति जनाएका छन् । नेपाल आयल निगमको ५३औं वाषिर्कोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै पेट्रोलियम ढुवानी व्यवसायीहरुले यस्तो धारणा राखेका हुन् । इन्धनको मूल्य सरकारले आदेशमा चलाउँदा त्यसबाट पेट्रोलियम व्यवसायी पनि पीडित भएको उनीहरुको भनाइ छ । कार्यक्रममा बोल्दै एलपी ग्यास उद्योग संघका […]

पेट्रोलियम पदार्थ बिक्री नगर्ने आन्दोलन फिर्ता लिन आयल निगमको आग्रह

काठमाडौँः नेपाल आयल निगमले आन्दोलनका कार्यक्रम फिर्ता लिन राष्ट्रिय पेट्रोलियम व्यवसायी संस्थागत समन्वय समितिलाई आग्रह गरेको छ। समितिले उठाएका मागबारे निगमका उच्च पदाधिकारी भारतबाट फर्किएपछि निर्णय लिने भन्दै आन्दोलन स्थगन गर्न निगमले आग्रह गरेको हो। शुक्रबारदेखि पेट्रोलियम पदार्थको ढुवानी बन्द गरिएको छ। शनिबारदेखि विक्री वितरण समेत बन्दको कार्यक्रम तय भएको छ। …

हाम्रो आन्दोलन यथावत् : पेट्रोलियम व्यवसायी

चैत ९, काठमाडौं । नेपाल आयल निगमले आगामी जेठ मसान्तसम्मको समय माग गर्दै आन्दोलन रोक्न पत्र पठाएपनि व्यवसायीले आफुहरुको आन्दोलन नरोक्ने बताएका छन् । यसअघि आन्दोलनका कार्यक्रम घोषणा गर्दा एक महीनाको समय सीमा दिइसकेकोले निगमले अबपनि जेठ मसान्तसम्मको समय माग गर्न आफुहरुलाई भुलाउने बाहाना मात्रै गरेको भन्दै व्यवसायीले तत्कालन आन्दोलन स्थगित नगर्ने बताएका हुन् । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशननका अध्यक्ष लिलेन्द्र प्रधानले निगमले पठाएको पत्र पाएको तर, आफुहरुले आन्दोलन नरोक्ने बताए । ‘निगमले जेठ मसान्तसम्मको समय माग गर्दै पठाएको पत्र पायौं। हामीले फागुन २० देखि चैत २० सम्मको एक महीना समय दिँदा पनि कुनै सुनुवाई भएन’ प्रधानले भने, ‘अब जेठ मसान्तसम्मको समय माग गर्नु भनेको हामीलाई अल्झ्याउने बाहाना मात्रै हो । त्यसैले तत्काल हाम्रा कार्यक्रम स्थगित हुँदैनन् ।’ व्यवसायीले घोषणा गरेको कार्यक्रम अनुसार बिहीवार भारतीय रिफाइनरिबाट ग्यास लोड नगर्ने कार्यक्रम रहेको छ । यसअघि व्यवसायीले गत आइतवार प्रोडक्ट डेलिभरि अर्डर (पीडीओ) खरीद गरेका थिएनन् । आगामी २० चैतसम्म आफुहरुको माग सम्बोधनका लागि पहल गर्न नगरेर इन्धनको कारोबार ठप्प पार्ने चेवतानी व्यवसायीले दिएका छन्। व्यवसायीहरुका माग सम्बोधनका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अध्ययन समिति पनि गठन गरेको छ । त्यस्तै नेपाल आयल निगमले आगामी जेठसम्म अध्ययन समितिले प्रतिवेदन पनि दिने लगायतका कारणले जेठसम्म आन्दोलन स्थगित गर्न व्यवसायीलाई सोमवार पत्राचार गरेको जानकारी दिएको थियो । निगमले पत्र पठाएपछि व्यवसायीको बैठकमार्फत आन्दोलन स्थगित गर्ने वा नगर्ने निर्णय गर्ने बताएका व्यवसायीले बैठक गर्न सकेका छैनन् । ‘एक दुई दिन भित्रै बैठक राखेर आवश्यक निर्णय गर्छौं’ प्रधानले भने, ‘त्यतिबेलासम्मका लागि हाम्रा आन्दोलनका कार्यक्रम यथावत् रहन्छन् ।’

कर्मचारीलाई खोपको व्यवस्था नभए कारोबार बन्द हुन सक्छः पेट्रोलियम व्यवसायी

पेट्रोलियम कारोबार गर्ने कर्मचारीलाई खोपको व्यवस्था नभए पेट्रोलियम कारोबार बन्द हुन सक्ने नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले बताएको छ।

उपभोक्ताबाट अतिरिक्त मूल्य लिने निर्णयबाट पछाडि हटे पेट्रोलियम व्यवसायी

१ माघ, काठमाडौं । आजबाट पेट्रोलियम पदार्थमा  प्रतिलिटर ५० पैसा बढी मूल्य लिने निर्णयबाट पेट्रोलियम व्यवसायीहरु पछि हटेका छन् । कमिसन वृद्धि नभएको भन्दै पुस २१ गते बसेको पेट्रोलियम पदार्थ बिक्रेताहरुको संस्था पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले माघ एक गतेदेखि उपभोक्ताबाटै कमिसन उठाउने निर्णय गरेको थियो । व्यवसायीहरुको मागका सन्र्दभमा निगमले गृहकार्य थालेका कारण तत्कालका लागि […]