धादिङ केन्द्रबिन्दुर भएर आइतबार राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार राति १० बजेर ४३ मिनेट जाँदा धादिङ केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का, धादिङ, नुवाकोट, गोरखालगायत आसपासका जिल्लामा महसुस भएको थियो ।