सातौँ भूकम्प स्मृति दिवस मनाइँदै

गोरखा भूकम्पको सातौँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं २०७२ वैशाख १२ गते मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली र ओखलढुङ्गा जिल्लामा बढी प्रभाव पारेको थियो ।बढी प्रभाव परेका १४ जिल्लालाई सरकारले अति प्रभावित भनी घोषणा गरेको थियो । भूकम्पले करिब नौ हजार मानिसको निधन भएको थियो । अति प्रभ

सम्बन्धित सामग्री

सदनमा भूकम्पको स्मरणदेखि हवाई सुरक्षासम्मका विषयमा बहस

काठमाडौँ। संसद्मा भूकम्प स्मृति दिवस, आगलागी, किसानको अनशन, नेपालको हवाई सुरक्षा, आर्थिक सङ्कट र भ्रष्टाचारलगायतका विषयले प्रवेश पाएको छ। प्रतिनिधिसभाको आजको बैठकमा सांसदले तटबन्ध, नदीकटान, सिँचाइ, मलसँग जोडिएका विषयबस्तुबारे सदनमार्फत सरकारको ध्यानाकर्षण गरे।

बारपाकमा भूकम्प स्मृति दिवस

काठमाडौँ, १२ वैशाख । गोरखा भूकम्प गएको आठ वर्ष पुगेको अवसरमा गोरखा बारपाक सुलिकोट गाउँपालिकाले आज एक कार्यक्रमको आयोजना गरेको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सहरी विकासमनत्री सीता गुरुङलगायतको उपस्थितिमा सो कार्यक्रम गरिएको हो । समारोहमा गृहसचिव विनोदप्रकाश सिंह, सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्य, गाउँपालिकाका पदाधिकारीको सहभागिता रहेको सो गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद […]

गोरखा भूकम्प स्मृति दिवस मनाइँदै

विसं २०७२ वैशाख १२ गते शनिबार ११ बजेर ५६ मिनेटमा (आजकै दिन) गोरखाको बारपाक केन्द्रविन्दु भएर ७ दशमलव आठ म्याग्निच्युटको गोरखा भूकम्प गएको थियो। उक्त दिन र त्यसपछि आएका भूकम्पले ठूलो धनजनको क्षति भएको थियो। आज त्यही दिनको सम्झनामा विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदैछ। काठमाडौँलगायत देशका विभिन्न क्षेत्रसहित भूकम्पको केन्द्रविन्दु बारपाकमा समेत स्मृति दिवस कार्यक्रम हुँदैछन्।

आज, सातौँ भूकम्प स्मृति दिवस मनाइँदै

काठमाण्डाै - गोरखा भूकम्पको सातौँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । २०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परेर झन्डै नौ हजार मानिसको ज्यान गएकोे थियो । यस्तै, आठ लाखभन्दा धेरै निजी आवासमा क्षति पुगेको थियो भने झन्डै एक हजार ५ सय सांस्कृतिक सम्पदामा क्षति भएको थियो । भूकम्पले १४ जिल्ला काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, रसुवा, गोरखा,...

भुइँचालोको सम्झनामा बारपाकमा बिहीबार सार्वजनिक बिदा

भूकम्प स्मृति दिवस मनाउन गोरखाको बारपाक, सुलिकोट गाउँपालिकाले वैशाख १२ गते, बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

भूकम्प स्मृति दिवस मनाउन बारपाकमा बिदा

भूकम्प स्मृति दिवस मनाउन गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले वैशाख १२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।