रोकिएका विदेशीलाई असार मसान्तसम्म प्रवेशाज्ञा शुल्कमा छूट

काठमाडौं । कोरोना महामारीका कारण नेपालमा रोकिएका विदेशी पर्यटकलाई यही असार मसान्तसम्म प्रवेशाज्ञा शुल्क तथा जरिवानामा छूट दिइएकोे छ । दोस्रो लहरको कोरोना संक्रमणलाई ध्यानमा राख्दै जारी अधिकांश जिल्लामा निषेधाज्ञा लागू भएको र नियमित रूपमा हुँदै आएको अन्तरराष्ट्रिय उडान बन्द भएकाले नेपालमा रोकिएका विदेशी पर्यटकलाई प्रवेशाज्ञा शुल्कमा छूट दिइएको होे । अध्यागमन विभागले एक सूचना जारी गर्दै गत वैशाख १५ गतेसम्म प्रवेशाज्ञाको अवधि भएका पर्यटकका लागि यही असार ३१ गतेभित्र नेपालबाट प्रस्थान हुँदा लाग्ने शुल्कमा छूट दिइएको बताएको हो । ‘वैशाख १५ गतेसम्म नेपालको वैध प्रवेशाज्ञा भएका र असार ३१ गतेभित्र नेपालबाट प्रस्थान हुने विदेशीको हकमा निजको प्रस्थानका समयमै अध्यागमन कार्यालय त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट निःशुल्क प्रवेशाज्ञा नियमित हुनेछ,’ सूचनामा भनिएको छ । प्रवेशाज्ञाको अवधि सकिएका विदेशी पर्यटकले नेपालमा थप बस्दा दैनिक तीन अमेरिकी डलर बराबरको प्रवेशाज्ञा शुल्क र त्यस अवधिमा प्रवेशाज्ञा नियमित नहुँदा जरिवानाबापत दैनिक पाँच डलर शुल्क लाग्छ । विभागको सूचना अनुसार नेपालमा आफ्नो बसाइ थप गर्न असार २५ गतेदेखि आवेदन गर्ने र आगामी साउन १ गतेदेखि नेपालबाट प्रस्थान गर्ने विदेशीका हकमा नियमानुसार प्रवेशाज्ञा शुल्क, विलम्ब शुल्क र जरीवाना लाग्नेछ । प्रचलित अध्यागमन कानूनमा रहेको प्रावधानमा एक प्रवेशाज्ञा वर्षमा पर्यटकले १५० दिनसम्म बस्न सकिने व्यवस्था रहेको भए पनि निषेधाज्ञाको अवधि गणना नगर्ने साविककै सूचनाअनुसार बस्न पाउने अवधि २१० दिन कायम गरिएको छ । पछिल्लो पटक असार २१ को मन्त्रिपरिषद् बैठकले सबै अन्तरराष्ट्रिय उडान खुलाउने निर्णय लिएको थियो । आइतवारदेखि विभिन्न गन्तव्यमा सातामा ५३ उडान खुला भएका छन् । अधिकांश देशमा नियमित रूपमा उडान शुरू भए पनि अझै केही देशमा उडान शुरू हुन सकेको छैन । रासस

सम्बन्धित सामग्री

भुक्तानी नपाएपछि सडकमा उत्रिए निर्माण व्यवसायी (तस्बिरहरू)

असार मसान्त भईसक्दा पनि नेपाल सरकारबाट ठूलो रकम भुक्तान नगरिएपछि निर्माण व्यवसायीहरु सडकमा उत्रिएका छन्।...

निजी अस्पताल तथा मेडिकल हलहरूलाई स्वीकृतिका लागि असार मसान्त सम्मको समय

स्वीकृति नलिई सञ्चालनमा रहेका ताप्लेजुङका निजी अस्पताल तथा मेडिकल हलहरूलाई जिल्ला अनुगमन समितिले चालू आर्थिक वर्ष भित्रै स्वीकृति लिई सक्न निर्देशन दिएको छ। त्यो भनेको यहीँ असार मसान्त सम्मको अवधि हो।...

निजी अस्पताल तथा मेडिकल हलहरूलाई स्वीकृतिका लागि असार मसान्त सम्मको समय

स्वीकृति नलिई सञ्चालनमा रहेका ताप्लेजुङका निजी अस्पताल तथा मेडिकल हलहरूलाई जिल्ला अनुगमन समितिले चालू आर्थिक वर्ष भित्रै स्वीकृति लिई सक्न निर्देशन दिएको छ। त्यो भनेको यहीँ असार मसान्त सम्मको अवधि हो।...

असार मसान्त भित्रै तेस्रो किस्ताको कर तिर्न सरकारको आग्रह

सरकारले आयकरको तेस्रो किस्ता वापतको कर तथा विवरण दाखिला असार मसान्त भित्र नै गर्न ताकेता गरेको छ । अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजश्व विभागले आर्थिक वर्ष ७७/७८ को आयकरको तेस्रो किस्ता वापतको कर तथा विवरण दाखिला असार मसान्त भित्र नै गर्न आग्रह गरेको हो । विभागले  आयकर ऐन, २०५८ (सं.स.) को दफा ९४ को उपदफा (१) वमोजिम आय बर्ष २०७८/७९ को आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताहरूले दफा ९५ वमोजिम आय वर्ष २०७८/७९ को कारोवारको अनुमानित करको विवरण र सो विवरण अनुसार तिर्नुपर्ने आयकरको तेस्रो किस्ता वा सतप्रतिशत रकम मध्ये तिर्न बांकी कर रकम यहि २०७९ असार मसान्तभित्रै तिर्न आग्रह गरेको हो । विभागले ठूला करदाता कार्यालय वा मध्यमस्तरीय करदाता कार्यालय वा सम्वन्धित आन्तरिक राजस्व करदाता सेवा कार्यालयमा कर दाखिला गर्न भनेको छ ।सूचनामा भनिएको छ ' आयकर ऐन, २०५८ (सं.स.) को दफा ९४ को उपदफा (१) वमोजिम आय बर्ष २०७८/७९ को आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताहरूले दफा ९५ वमोजिम आय वर्ष २०७८/७९ को कारोवारको अनुमानित करको विवरण र सो विवरण अनुसार तिर्नुपर्ने आयकरको तेस्रो किस्ता वा सतप्रतिशत रकम मध्ये तिर्न बांकी कर रकम यहि २०७९ असार मसान्तभित्रै ठूला करदाता कार्यालय वा मध्यमस्तरीय करदाता कार्यालय वा सम्वन्धित आन्तरिक राजस्व करदाता सेवा | कार्यालयमा दाखिला गर्नुहुन जानकारी गराइएको छ ।'

आयकरको तेस्रो किस्ता असार मसान्तसम्म बुझाउन विभागको ताकेता

२८ असार, काठमाडौं । आन्तरिक राजस्व विभागले आयकरको तेस्रो किस्ता वापतको कर तथा विवरण असार मसान्त भित्र बुझाउन करदातालाई ताकेता गरेको छ । विभागले एक सूचना निकाल्दै आयवर्ष २०७८/७९ को आयकरको अनुमानित कर र सो को विवरणको तेस्रो किस्ता वा शतप्रतिशत रकममध्ये तिर्न बाँकी कर असार मसान्त भित्रै बुझाउन विभागले सूचित गरेको हो । १ […]

असार मसान्तमा विकास बजेट खर्च गर्ने परिपाटी अन्त्य गर्नुपर्छ : सांसद देवकोटा

नेपाली कांग्रेसकी सांसद अनिता देवकोटाले विकास बजेटलाई असार मसान्त आएपछि सक्ने परिपाटीको अन्त्य हुनुपर्ने बताएकी छन्। राष्ट्रिय सभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद देवकोटाले आर्थिक वर्षको अन्त्यमा धमाधम...

फुङ्लिङमा कोभिशिल्डको दुई डोज लगाएकालाई बुष्टर डोज

२०७७ साल माघ १५ गतेदेखि ०७८ असार मसान्त सम्ममा कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाएका ताप्लेजुङका नागरिकलाइ फुङलिङ नगरपालिका भित्रका २ नियमित खोप केन्द्रमार्फत बुष्टर खोप दिइने भएको छ।...

बजेट पास गरेर मात्र खर्च गर्न अर्थले स्थानीय तहहरुलाई गरायो सचेत

२४ असार, काठमाडौं । स्थानीय तहले १० असार भित्र सम्बन्धित तहको सभामा बजेट पेश गर्नुपर्छ । असार मसान्त भित्र बजेट पास गरि १ साउनबाट कार्यान्वयनमा जानु पर्छ । तर, कतिपय स्थानीय तहले बजेट नै पेस नगरेको भन्दै अर्थ मन्त्रालयले बजेट पास नगर खर्च गर्न नपाइने प्रावधानबारे सचेत गराएको छ । समयमै बजेट ल्याउन नसक्ने स्थानीय […]

म कलंकित हुन चाहान्न– सभापति देउवा

कांग्रेस कार्यतालिका अनुसार क्रियाशील सदस्यता छानविन समितिले सम्पूर्ण काम सकेर असार मसान्त भित्र सदस्यहरूको सूची सभापतिलाई बुझाउनुपर्नेछ । यसअघि असार २० गतेसम्मको लागि समय तोकिएको थियो ।